News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले पहिलोपटक सौन्दर्य प्रतियोगिता 'मिस कोस्मो २०२५' मा सहभागिता जनाउँदैछ।
- मिस नेपाल कोस्मो दीपशिखा नेपाल भियतनामको होची मिन्ह सिटी प्रस्थान गर्न लागेकी छिन्।
- प्रतियोगिता २८ नोभेम्बरदेखि २० डिसेम्बरसम्म ह्यु लाम दोङ, ते नी र हो ची मिन्ह सिटीमा आयोजना हुनेछ।
काठमाडौं । नेपाली ब्युटी पेजेन्टको लागि नयाँ खबर- नेपालले पहिलोपटक सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो २०२५’ मा सहभागिता जनाउँदैछ ।
प्रतियोगितामा भाग लिन मिस नेपाल कोस्मो दीपशिखा नेपाल आउने साता भियतनामको होची मिन्ह सिटीतर्फ प्रस्थान गर्दैछन् । उनका यसका लागि पूर्ण तयार रहेको जानकारी द हिडन ट्रेजरले सोमबार एक फोटोसुटमार्फत दिएको छ ।
प्रतियोगिताको यसवर्षको आधिकारिक थिम ‘राइजिङ ड्रयागन’ झल्काउने आकर्षक फोटो सार्वजनिक गरिएको छ ।

‘नेपालको उदीयमान ड्रयागन उड्न तयार छ’ विज्ञप्तिमा भनिएको छ, ‘भियतनामतर्फ उड्ने तयारीमा रहेकी अत्यन्तै प्रतिभाशाली दीपशिखा नेपाललाई शुभकामना । हाम्रा पहाडहरूको भावना र राष्ट्रको सपना बोकेर जानुहोस् । इतिहास रच्नुहोस् ।’
२८ नोभेम्बरदेखि २० डिसेम्बरसम्म यसवर्षको मिस कोस्मो आयोजना हुनेछ । प्रतियोगिता अवधिभर त्यहाँको ह्यु लाम दोङ, ते नी र हो ची मिन्ह सिटी सहरमा कार्यक्रमहरू हुनेछन् ।
सन् २०२५ संस्करणको विषयवस्तु “राइजिङ ड्रयागन’ हो, जुन शक्ति, आत्मविश्वास र प्रभावको प्रतीक हो । यस वर्षको ग्रान्ड फिनाले केवल एउटा प्रतियोगिता मात्र होइन, यो सौन्दर्य र संगीत महोत्सवसँग जोडिएको छ ।
महोत्सवमा २० हजारसम्म प्रत्यक्ष दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । ८० मुलुकका सुन्दरीले प्रतियोगितामा सहभागिता जनाउँदैछन् । विजेताले १ लाख अमेरिकी डलर र उपविजेताले १० हजार अमेरिकी डलर नगदसहितका पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।


प्रतिक्रिया 4