+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

बाराको सिमरामा प्रशासनले फेरि लगायो कर्फ्यू

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १२:५८
बाराको सिमरा चोकमा टायर बालेर प्रदर्शन गर्दै जेनजी युवा । तस्वीर: सुनील गाउँले ।

४ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।

बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप भएको थियो ।  झडपका कारण सिमरा बजार क्षेत्र तनावग्रस्त बनेको थियो । एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच विवाद भएको थियो । स्थिति थप बिग्रन नदिनका लागि स्थानिय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यू लगाएको थियो ।

हेर्नुहोस् कर्फ्यू आदेश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?