News Summary
Generated by OK AI. Editorially reviewed.- गुस्ताभ क्लिम्टको \'पोर्ट्रेट अफ एलिजाबेथ लेडेरर\' २३ करोड ६४ लाख डलरमा न्युयोर्कको सोथबीजमा विक्री भएको छ।
गुस्ताभ क्लिम्टले बनाएको एउटा पोर्ट्रेट आधुनिक कलामा कीर्तिमानी मूल्यमा विक्री भएको छ । हालै उनको एउटा कलाकृति २३ करोड ६४ लाख डलरमा विक्री भयो। कलाकार क्लिम्टको ‘पोर्ट्रेट अफ एलिजाबेथ लेडेरर’ न्युयोर्कको सोथबीजमा यति उच्च मूल्यमा विक्री भई कीर्तिमान बनाएको हो ।
यो चित्रकलाको इतिहास महत्त्वपूर्ण छ । किनकि यो पोर्ट्रेटमा एलिजाबेथ लेडेरर नामकी यहुदी महिलाको चित्र छ । दोस्रो विश्वयुद्धको समयमा यसै चित्रकलाले नाजीहरूबाट उनको जीवन बचाएको थियो ।
नाजीहरूले यहुदीहरूलाई दुःख दिइरहेका बेला एलिजाबेथले एउटा झूटो कथा बनाएकी थिइन् । उनले यहुदीहरूलाई आफू यहुदी नभई क्लिम्टकी छोरी भएको बताएकी थिइन् । त्यस कुरा प्रमाणित गर्न उनले आफ्ना नाजी अधिकारी नातेदारको सहयोगमा क्लिम्टकी सन्तान भएको प्रमाणित गर्ने कागजात बनाएकी थिइन् । त्यसैकारणले सन् १९४४ मा प्राकृतिक मृत्यु नहुँदासम्म उनी सुरक्षित रहन पाएकी थिइन् ।
६ फिट अग्लो उक्त चित्रमा एलिजाबेथले राज खलकले लगाउने लुगा लगाएकी छिन् । यस कलाकृतिको विक्रीपछि सन् २०२२ मा एन्डी वारहोलले बनाएको मर्लिन मुनरोको पोर्ट्रेटको कीर्तिमान तोडेको छ । उक्त चित्र १९ करोड ५० लाख डलरमा विक्री भएको थियो ।
त्यस्तै यस कलाकृतिको विक्रीलाई आधुनिक कला इतिहासकै सबैभन्दा महँगो विक्री भएको समेत भनिएको छ ।
प्रतिक्रिया 4