+
+
WC Series
पोखरा एभेन्जर्स 2025
111/4 (12.6)
VS
४२ बलमा ८३ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

‘घुम्ती किम्फ’ सुदूरपश्चिमका ४ जिल्लामा आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संस्करण ‘घुम्ती किम्फ’ सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र अछाममा ८ देखि १९ मंसिरसम्म आयोजना हुने भएको छ।
  • फेस्टिभलमा सामाजिक विषयवस्तुमा निर्माण भएका छोटो फिल्म, डकुमेन्ट्री, कार्यशाला, बहस र छलफलका सत्र सञ्चालन हुने आयोजक किम्फ फाउण्डेसनले जनाएको छ।
  • कार्यक्रम ८ र ९ मंसिरमा धनगढी बहुमुखी क्याम्पस, ११ र १२ मंसिरमा सुदूरपश्चिम विश्वविद्यालय, १४ देखि १९ मंसिरसम्म डडेलधुरा र अछामका विभिन्न स्थानमा हुनेछन्।

काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संस्करण ‘घुम्ती किम्फ’ मुलुकको सुदूरपश्चिम क्षेत्रमा आयोजना हुने भएको छ ।

किम्फ फाउण्डेसनका अनुसार ८ देखि १९ मंसिरसम्म सुदुरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र अछामका विभिन्न जिल्लामा फेस्टिभल आयोजना हुनेछ ।

सो अवसरमा सामाजिक विषयवस्तुमा निर्माण भएका छोटो फिल्म र डकुमेन्ट्रीका साथै कार्यशाला, बहस र छलफलका सत्र समेत संचालन हुने जनाइएको छ ।

पहिलो प्रदर्शनीमा ‘छउ’ जस्ता सशक्त वृत्तचित्र, सुदूरपश्चिमकै महिलाले बनाएका छोटा फिल्म, नेपाल प्यानोरमा र किम्फ महोत्सवबाट छानिएका प्रभावशाली कथा देखाउने उल्लेख छ ।

दोस्रोमा कथावार्ता सत्र संचालन हुने जनाइएको छ । तेस्रोमा फिल्मकर्मी, विद्यार्थी, युवा समूह, नागरिक समाज, महिला समूह र नीति निर्मातालाई समेटेर रोचक प्यानल छलफल हुने जनाइएको छ ।

यी सत्र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँग मेल खाने हिसाबले निर्धारण गरिएको आयोजक किम्फ फाउन्डेसनले जनाएको छ ।

साथै, विभिन्न थलोमा हुने कार्यक्रमको मिति पनि तय छ । जसअनुसार, ८ र ९ मंसिरमा कैलालीको धनगढी बहुमुखी क्याम्पस, ११ र १२ मंसिरमा कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा किम्फ हुनेछ ।

१४ मंसिरमा डडेलधुराको अलिताल नगरपालिका- गाउँपालिकाको हलमा र १६ मंसिरमा डडेलधुराको अमरगढी नगरपालिका, १८ मंसिरमा अछामको मालिका विद्यालय र १९ मंसिरमा अछामको तुर्माखाद गाउँपालिकास्थित कालिकेश्वरी माविमा घुम्ती किम्फ हुने वक्तव्यमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?