News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा तिते करेला र लौकाको मूल्य घटेको छ।
- कालीमाटी बजारमा तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँले घटेर १४५ रुपैयाँ पुगेको छ।
- लौकाको मूल्य पनि प्रतिकिलो थोकमा १५ रुपैयाँले घटेर ७५ रुपैयाँ कायम भएको छ।
७ मंसिर, काठमाडौं । स्थानीय बजारमा तिते करेला र लौकाको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा तिते करेलाको भाउ प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ घटेको छ ।
हिजो शनिबार तिते करेला प्रतिकिलो थोकमा १ सय ७० रुपैयाँमा किनबेच भएको थियो । आज तिते करेलाको मूल्य प्रतिकिलो १ सय ४५ रुपैयाँ कायम छ ।
यस्तै आज लौकाको मूल्य पनि थोकमा किलोको औसत १५ रुपैयाँ घटेको तथ्यांकले देखाउँछ । आज लौका प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो शनिबार भने लौका प्रतिकिलो थोकमा ९० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4