+
+
Shares

‘परालको आगो’ ११ बैशाखमा आउने, ‘क्यारेक्टर लुक्स’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परालको आगो' को प्रदर्शन मिति ११ बैशाख २०७९ तय गरिएको छ र छायांकन सकिएको छ।
  • निर्माता सुशील पोखरेलले फिल्मलाई साधारण डेटमा रिलिज गर्ने र अन्य फिल्म नल्याइदिन आग्रह गर्नुभएको छ।
  • 'परालको आगो' मा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा लगायत कलाकारको अभिनय छ र लक्ष्मण सुनारले निर्देशन गर्नुभएको छ।

काठमाडौं । फिल्म ‘परालको आगो’ ले प्रदर्शन मिति तय गरेको छ । मंगलबार फिल्मका केही ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गर्दै निर्माताले ११ बैशाखलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।

छायांकन पनि सकिएको जनाइएको छ । फिल्मलाई म्याग्दी जिल्लाका विभिन्न रमणीय स्थानमा खिचिएको थियो ।

निर्माता सुशील पोखरेलले भने, ‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु । अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु ।’

उनले उक्त मितिमा अन्य फिल्म नल्याइदिन आग्रह गरे ।

गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने, एन्जिला बानियाँको अभिनय छ ।

सुशील देवकोटाको पटकथा रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?