+
+
Shares
फ्राइडे रिलिज :

‘परालको आगो’ र माइकल ज्याक्सनको फिल्म हलमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ११:४७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म 'परालको आगो' शुक्रबारदेखि देशब्यापी हलमा प्रदर्शनमा आएको छ र यसमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारीको भूमिका छ।
  • हलिउड फिल्म 'माइकल' माइकल ज्याक्सनको जीवनकथामा आधारित छ र शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ।
  • फिल्म 'माइकल'ले ज्याक्सनको बाल्यकालदेखि 'ब्याड टूर' सम्मको यात्रा देखाउँछ र मुख्य भूमिकामा उनका भतिजा जाफर ज्याक्सन छन्।

काठमाडौं । शुक्रबारदेखि नेपाली भाषाको फिल्म ‘परालको आगो’ र हलिउडको ‘माइकल’ देशब्यापी हलमा प्रदर्शनमा आएका छन् । दर्शकमाझ यी दुवै फिल्म प्रतीक्षित छन् ।

१३३ मिनेट रनटाइमको फिल्म ‘परालको आगो’ गुरुप्रसाद मैनालीको चर्चित सोही नामको कथामा आधारित छ । लक्ष्मण सुनार निर्देशित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारीको शीर्ष भूमिका छ ।

परिवार र दम्पतीको कथावस्तु रहेको फिल्मलाई पारिवारिक दर्शकले रुचाउन सक्छन् । तपाईंले यसअघि नै ‘परालको आगो’ कथा पढ्नुभएको छ भने यो फिल्मको एडप्टेसन रुचिकर हुनसक्छ ।

अर्कोतर्फ, शुक्रबारदेखि हलमा पपका राजा माइकल ज्याक्सनको जीवनकथामा आधारित हलिउड फिल्म ‘माइकल’ पनि रिलिज भएको छ । यो फिल्मले ज्याक्सनको बाल्यकालदेखि सुरु भएर उनको सुपरस्टार बन्ने यात्रासम्मको कथा देखाउँछ ।

कथा सन् १९६० दशकको ‘ज्याक्सन फाइभ’ बाट सुरु हुन्छ, जहाँ सानो माइकल आफ्नो कडा र अनुशासित बुबाको दबाबमा संगीत अभ्यास गर्न बाध्य हुन्छ । यही संघर्षबीच उनको असाधारण प्रतिभा बाहिर आउँछ । बिस्तारै माइकल एकल गायकका रूपमा उभिन्छन् ।

उनले ‘अफ द वाल’, थ्रीलर र ब्याडजस्ता एल्बममार्फत विश्वभर लोकप्रियता कमाउँछन् र ‘किङ अफ पप’को रुपमा प्रसिद्धी पाउँछन् । फिल्मले उनको प्रसिद्धि, परिवारसँगको जटिल सम्बन्ध, र कलाकारका रूपमा उत्कृष्ट बन्ने उनको अथक प्रयासलाई केन्द्रमा राख्छ ।

कथा मुख्यतया सन् १९८० को दशकको शिखरसम्म पुगेर अन्त्य हुन्छ, विशेष गरी ‘ब्याड टूर’ समयतिर । एक बायोग्राफिकल म्युजिकल ड्रामा फिल्मलाई एन्टोनियो फुकोले निर्देशन गरेका हुन् र मुख्य भूमिकामा माइकलका भतिजा जाफर ज्याक्सन देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?