+
+
Shares

‘परालको आगो’ को गीत ‘सुख दुःख जिन्दगानी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १३:४९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘सुख दुःख जिन्दगानी’ युट्युबमा रिलिज भएको छ।
  • गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर समावेश छ भने सुदीप सागरले संगीत संयोजन गरेका छन्।
  • फिल्म ‘परालको आगो’ ११ बैशाखदेखि प्रदर्शन तयारीमा रहेको छ र यसमा सुहाना थापा, सौगात मल्ल लगायत कलाकारको अभिनय छ।

काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म प्रदर्शन तयारीमा रहेको फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘सुख दुःख जिन्दगानी’ युट्युबमा रिलिज भएको छ । गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर समावेश छ ।

सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदीप सागरको संगीत संयोजन छ । गीतमा सपुत र सुहाना थापाको अभिनय छ ।

लोकलयमा आधारित गीतले दर्शकको मन जित्ने देखिन्छ । घाँस दाउरा, बाख्रा गोठालाको दृश्यलाई चित्रण गरिएको छ । नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

यसअघि सार्वजनिक गीत ‘उडि जाऊँ भने म पंक्षी होइन’ले सामाजिक सञ्जालमा लोभलाग्दो भ्यूज पाइरहेको छ ।

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बानियाँको अभिनय छ ।

हरिओम सिनेमेकर्स प्रालिको ब्यानरमा निर्मित फिल्ममा सुशील पोखरेलको लगानी छ । ‘परालको आगो’ ११ बैशाखदेखि प्रदर्शन तयारीमा छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?