+
+
Shares

उडी जाऊँ भने म पंक्षी होइन : ४ दशकपछि अरुणा लामाको गीतलाई नयाँ जीवन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परालको आगो' को गीत 'उडी जाऊँ भने म पंक्षी होइन' युट्युबमा रिलिज भएको छ।
  • गीतमा सुहाना थापा, प्रकाश सपुत, मन्जिल बानियाँको अभिनय छ र रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन्।
  • फिल्म ११ बैशाखदेखि प्रदर्शन तयारीमा छ र निर्माताले गीत मौलिक गायिका अरुणा लामाप्रति समर्पित रहेको जनाएका छन्।

काठमाडौं । फिल्म ‘परालको आगो’ को गीत ‘उडी जाऊँ भने म पंक्षी होइन’ युट्युबमा रिलिज भएको छ । गीतमा कलाकार सुहाना थापा, प्रकाश सपुत, मन्जिल बानियाँको अभिनय छ ।

मायालु रहेको ठाउँमा जान मन लागेको तर आफू त्यहाँ पुग्न नसक्दा दुःख लागेको भाव मुख्य पात्रले गरेकी छन् । गीतको भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन छ ।

शान्ती ठटालको संगीतमा रहेको गीतमा निशु शर्माको स्वर समावेश छ । शब्द लेखन मनबहादुर मुखियाले गरेका हुन् । श्रोतामाझ यसअघि नै चर्चित भैसकेको गीतलाई पुनः एरेन्जमार्फत सार्वजनिक गरिएको हो ।

यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

यो गीतको मौलिक गायिका अरुणा लामा हुन् । उनले ४ दशकअघि त्यो गीत गाएकी थिइन् । जुन गीत अहिले पनि उत्तिकै मर्मस्पर्शी सुनिन्छ । निर्माताले यो गीत यसकी मौलिका गायिका अरुणाप्रति समर्पित रहेको जनाएका छन् ।

गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ बाट प्रेरित फिल्ममा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपानेको पनि अभिनय छ ।

हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलको लगानी छ । पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् । यो फिल्म ११ बैशाखदेखि प्रदर्शन तयारीमा छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?