+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

‘मिस कोस्मो’ मा भाग लिन भियतनाम उडिन् दीपशिखा (तस्वीर)

‘मिस कोस्मो’ सन् २०२४ बाट सुरु भएको हो । दोस्रो संस्करणको ग्रान्ड फिनाले २० डिसेम्बर २०२५ मा तय छ । फिनाले भियतनामको हो चि मिन्ह सहरको क्रिएटिभ पार्कमा आयोजना हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल कोस्मो दीपशिखा नेपाल बुधबार बिहान सौन्दर्य प्रतियोगिता 'मिस कोस्मो २०२५' मा सहभागी हुन प्रस्थान गरेकी छन्।
  • मिस नेपाल वर्ल्ड लुना लुइँटेल, मिस नेपाल अर्थ सोनी घले र द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापितले दीपशिखालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना दिए।
  • 'मिस कोस्मो २०२५' को ग्रान्ड फिनाले २० डिसेम्बरमा भियतनामको चि मिन्ह सहरमा आयोजना हुँदैछ र ८० मुलुकका डेलिगेट्सले प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो २०२५’ मा सहभागी हुन ‘मिस नेपाल कोस्मो’ दीपशिखा नेपाल बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिस नेपाल वर्ल्ड लुना लुइँटेल, मिस नेपाल अर्थ सोनी घले र द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापित लगायतले शुभकामनासहित बिदाइ गरे ।

‘मिस कोस्मो’ सन् २०२४ बाट सुरु भएको हो । दोस्रो संस्करणको ग्रान्ड फिनाले २० डिसेम्बर २०२५ मा तय छ । फिनाले भियतनामको हो चि मिन्ह सहरको क्रिएटिभ पार्कमा आयोजना हुँदैछ ।

त्यसअघि भियतनामका विभिन्न सहर र प्रदेशमा सांस्कृतिक र सामाजिक प्रदर्शनहरू हुने आयोजक युनि-मिडियाले जनाएको छ । ८० मुलुकका डेलिगेट्सले यस संस्करणमा प्रतिस्पर्धा गर्दैछन् ।

यसैबीच, ‘मिस इन्टरनेसनल २०२५’ को ग्रान्ड फिनाले विहिबार जापानको टोक्योमा आयोजना हुँदैछ । जहाँ, मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?