+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
५१ बलमा ६३ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
81/2 (11.3)
Shares

‘हर्ष’ को काठमाडौं प्रिमियर (तस्वीर)

शिव रेग्मीकी पत्नी भन्छिन् : १२ वर्षपछि हाम्रो घरमा खोलो फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको फिल्म 'हर्ष' प्रिमियरमा मीठो प्रतिक्रिया प्राप्त गरेको छ।
  • फिल्म 'हर्ष' सामाजिक सन्देशमूलक छ र यसमा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल लगायत कलाकारको अभिनय छ।
  • फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ र निर्मातामा प्रसन्न पौडेल र विकास पौडेल छन्।

काठमाडौं । चर्चित निर्देशक शिव रेग्मीकी भान्जी हुन् एकता । मामाको देहावसानपछि पनि उनी लिगेसीलाई पछ्याउँदैछिन् । त्यही लिगेसीको निरन्तरता हो फिल्म ‘हर्ष’ ।

प्रिमियरमा यो फिल्मले मीठो प्रतिक्रिया प्राप्त बटुलेको छ । रेग्मीकी धर्मपत्नी ज्ञानुदेखि रेग्मीसँग हिट फिल्ममा सहकार्य गरेकी निरुता सिंह आयोजित प्रिमियरमा सहभागी भए ।

ज्ञानुले पनि भान्जीलाई बधाई तथा शुभकामना दिइन् भने निरुताले फिल्म ‘उत्कृष्ट’ रहेको प्रतिक्रिया दिइन् । यसबाहेक, प्रिमियरमा निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मी सहभागी थिए ।

विशेषगरि निरुता प्रिमियरमा आकर्षणको केन्द्र बनिन् । फिल्मको सुरुमा आफूले निर्देशक रेग्मीको तस्वीर देख्दा भावुक भएको निरुता बताउँछिन् ।

‘हर्ष’ एकदमै सन्देशमूलक फिल्म हो । यस्ता घटना हाम्रो घर-परिवार र समाजमा भएको मैले देखेकी छु । त्यसैले एकपटक यो सिनेमा सबैले हेर्नुहोला ।’

ज्ञानुले त १२ वर्षपछि खोला पनि फर्किन्छ भनेर टिप्पणी गरिन् । ‘हाम्रो परिवारमा पनि आज त्यस्तै भएको छ । १२ वर्षपछि भान्जी एकता पौडेलले सिनेमा निर्माण तथा निर्देशन गर्ने आँट गरेकी छन् । एकदमै खुशी लागेको छ’ उनले भनिन् ।

‘निर्देशक शिव रेग्मी वा मेरो श्रीमानले भन्नुहुन्थ्यो, नेपाली सिनेमामा काम गर्ने मान्छे आउँदा कहिल्यै नरिसाउनू । नेपाली सिनेमा उद्योग मेरो घर हो’ रेग्मीको भनाई सम्झिँदै ज्ञानुले भनिन्, ‘त्यहाँ काम गर्ने कलाकार मेरो सन्तान हुन् । त्यसैले उनीहरुलाई सँधै माया गर्नु भनेको अझै सम्झना छ ।’

‘कन्टेन्ट क्रिएटर’ संजोग कोइरालाले पनि यो फिल्मले दर्शकलाई फरक अनुभव दिने बताए । अभिनेत्री वर्षा राउतले फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् ।

अभिनेता खगेन्द्र लामिछाने खुशी देखिन्थे । ‘आफूले पहिलो पटक फरक खालको सिनेमा गरेकाले कस्तो होला भन्ने थियो । सबैले मन पराइदिनुभयो । खुशी लागेको छ’ उनले भने, ‘दर्शकले पनि मन पराउनु हुनेछ भन्ने विश्वास छ ।’

निर्देशक पौडेलले बच्चादेखि सिनेमा निर्माण तथा निर्देशन गर्ने सपना साकार हुँदा निकै खुशी लागेको बताइन् । ‘आगामी दिनमा अझै राम्रा फिल्म निर्माण गर्नुपर्ने चुनौती समेत देखिएको छ’ उनले भनिन् ।

फिल्ममा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा फिल्म बनेको हो । प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन् । यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?