+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
६९ बलमा ८९ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
55/2 (8.3)
Shares

सुरु भयो सहकारीलाई कर्जा सूचना केन्द्रमा जोड्ने प्रक्रिया

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सदस्यता लिन निर्देशन दिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सदस्यता लिन निर्देशन दिएको छ।
  • सहकारी ऐन २०७४ को दफा ८१ अनुसार बचत तथा ऋण सहकारी संस्थाले कर्जा सूचना केन्द्रमा आबद्ध भएर सूचना आदान–प्रदान गर्नुपर्ने व्यवस्था छ।
  • प्राधिकरणले ९ मंसिरको बोर्ड बैठकमा सबै बचत तथा ऋण सहकारीलाई कर्जा सूचना केन्द्रमा अनिवार्य सदस्यता लिन आह्वान गरेको छ।

११ मंसिर, काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई कर्जा सूचना केन्द्रमा जोड्ने प्रक्रिया सुरु भएको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सदस्यता लिन निर्देशन दिएको हो ।

प्राधिकरणले सहकारी संस्थालाई निर्देशन दिएसँगै कर्जा सूचना केन्द्रलाई पनि सदस्यता दिन प्राधिकरणले अनुरोध गरेको छ ।

सहकारी ऐन २०७४ को दफा ८१ ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबार सम्बन्धी सूचना नियमित आदान–प्रदान गर्नुपर्ने व्यवस्था छ ।

सोही अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई कर्जा सूचना केन्द्रमा आबद्ध गराउन आवश्यक प्राविधिक तथा कार्यगत तयारी र सहजीकरणका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आवश्यक निर्णय गरेको जनाएको छ ।

यसका लागि प्रधिकरणले कर्जा सूचना केन्द्र र सहकारी अभियानका प्रतिनिधिबीच केन्द्रको सदस्यता प्राप्त गर्ने प्रक्रिया, तथ्यांक व्यवस्थापन प्रणाली र ऋण कारोबार सम्बन्धी सूचना आदान–प्रदान अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

कर्जा सूचना केन्द्रले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई सदस्यताका लागि आवश्यक सहजीकरण गरिदिनका समेत आग्रह गरेको थियो । सोही अनुसार प्राधिकरणको ९ मंसिरको  प्राधिकरण बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीलाई कर्जा सूचना केन्द्रमा आबद्धताका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको निर्णय अनुसार सम्पूर्ण सहकारी संस्था अनिवार्य कर्जा सूचना केन्द्रमा सदस्यताका लागि जानुपर्ने छ । त्यसका लागि केन्द्रले सूचना जारी गर्ने छ । उक्त सूचनाका आधारमा आवश्यक प्रक्रिया पूरा गरी सदस्यता लिने सहकारीलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?