+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

सुनिता दुलालले गरिन् प्रेमी राजेश केसीसँग इन्गेजमेन्ट (तस्वीर)

विवाह शनिबार हुँदै

इन्गेजमेन्टको जानकारी दिँदै दुलाल लेख्छिन्, ‘ जीवनको नयाँ अध्याय । एकअर्काको हात समाएर, साथ-साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते २१:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग विहिबार इन्गेजमेन्ट गरेकी छिन्।
  • यी दुईजनाबीच शनिबार काठमाडौंमा विवाह हुँदैछ।
  • सुनिता र राजेश चार वर्षदेखि प्रेम सम्बन्धमा छन् र राजेश निर्माण व्यवसायी तथा इन्जिनियर हुन्।

काठमाडौं । गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग विहिबार इन्गेजमेन्ट गरेकी छिन् । उनले यसबारेका फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

यी दुईजनाबीच शनिबार काठमाडौंमा विवाह हुँदैछ ।

इन्गेजमेन्टको जानकारी दिँदै दुलाल लेख्छिन्, ‘ जीवनको नयाँ अध्याय । एकअर्काको हात समाएर, साथ-साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रोसँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस् । सुन्दर पलहरू ।’

इन्गेजमेन्ट पहिरनमा दुवैजना आकर्षक देखिएका छन् । औंठी साटासाट गर्दै गरेको फोटोमा उनीहरू दुवैजना हर्षित पनि छन् ।

सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् । निर्माण व्यवसायी समेत रहेका राजेश इन्जिनियर पनि हुन् । रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?