News Summary
Generated by OK AI. Editorially reviewed.- लोकगायिका सुनिता दुलालले १३ मंसिरमा प्रेमी राजेश केसीसँग सानो जमघटमा विवाह गर्ने जानकारी दिइन्।
- सुनिता र राजेश चार वर्षदेखि प्रेम सम्बन्धमा छन् र राजेश निर्माण व्यवसायी तथा इन्जिनियरिङ अध्ययन गरेका छन्।
- राजेश रुकुम पश्चिमका स्थायी बासिन्दा हुन् र हाल काठमाडौंमा बसोबास गर्दै आएका छन्।
काठमाडौं । लोकगायिका सुनिता दुलालले आउँदो १३ मंसिरमा लगनगाँठो कस्ने भएकी छन् ।
अनलाइनखबरसँग कुरा गर्दै दुलालले प्रेमी राजेश केसीसँग विवाह गर्न लागेको जानकारी दिइन् । सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।
रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् ।
निर्माण व्यवसायी समेत रहेका राजेशले इन्जिनियरिङ अध्ययन गरेका हुन् । यद्यपी, कुन ठाउँमा विवाह हुँदैछ भन्ने कुरा चाहिँ उनले खुलाइनन् ।
‘हामीले प्राइभेसी कायम गदै सानो जमघटमा विवाह गर्दैछौं’ सुनिताले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4