देशमा अहिले संघीय संरचनाबारे फेरि बहस सुरु भएको छ । नयाँ संविधान निर्माणका क्रममा दलहरुलाई सुल्झाउन सबैभन्दा जटील र टाउको दुखाइको विषय नै संघीय संरचना भएको छ ।
नयाँ संविधानमा समावेश हुने अन्य विषयमा दलहरु करिब सहमतिनजिक पुगेपनि संघीयताबारे अझै आरोप प्रत्यारोप गरिरहेका छन् । एकीकृत माओवादी, मधेसवादी र केही जनजातिनिकट पार्टीहरुले पहिचानसहितको संघीयताको पक्षमका छन्
कांग्रेस र एमालेसहितका दलहरुले संघीय संरचनामा जाँदा जातीय पहिचान र अग्राधिककार दिन नहुने अडान लिएका छन् । उनीहरुले बढीमा ७ वटासम्मका मात्रै संघीय राज्य बनाउनुपर्ने अडान लिएपछि दलहरुबीच संघीय संरचनाको विवाद अझै लम्बिने अवस्था छ । दोस्रो जनआन्दोलनपछि शक्तिमा आएका केही मधेसवादी दलले समेत एक मधेस एक प्रदेशको मुद्दा उठाइरहेका छन् ।
नागरिक समाज र गैससहरु समेत संघीयताको मुद्दामा दुई धारमा विभाजित भएको अवस्था छ । संघीयताको मुद्दा पेचिलो बन्दै गएको अवस्थामा तपाईँलाई के लाग्छ, नेपाललाई कस्तो संघीय संरचनामा लाँदा उचित हुन्छ । जातीय पहिचान दिनु ठीक होला कि नहोला ?
१) बहुपहिचानसहितको संघीयतामा जानुपर्छ । यसले सबै जातजातिलाई समान व्यबहार गर्छ, भेदभाव हुन दिँदैन ।
२) एकल जातीय पहिचानसहितको संघीयतामा जानुपर्छ । यसले पछाडि पारिएका जातिलाई मूलधारमा ल्याएर विभेदको अन्त्य गर्न मद्दत गर्छ ।
३) संघीयतामा जाँदा जातीय कुरालाई उठाउनै हुन्न । प्राकृतिक स्रोत साधनका आधारमा देशलाई संघीयतामा लानुपर्छ । जातीय सवाललाई अन्तै व्यवस्थापन गर्नुपर्छ ।