+
+
Shares

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (तस्वीरहरू)

पटक-पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ मंसिर १५ गते १५:१३

१५ मंसिर, काठमाडौं । पटक-पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय समिति बैठक सारेर सभापति शेरबहादुर देउवाले महाधिवेशनबारेको विवाद समाधान  गर्न संस्थापन एवं संस्थापन इतरका नेताहरूसँग पटक-पटक छलफल गरेका थिए ।

सभापति देउवाले आफू निकटका नेताहरूलाई आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी पेस हुन लागेको कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएका छन् ।

२१ फागुनको चुनाव अघि महाधिवेशन हुन नसक्ने अडानमा रहेका संस्थापन पक्षीय नेताहरूलाई सोमबार महाराजगञ्जस्थित निवासमा बोलाएर उनले केन्द्रीय कार्यसमिति बैठकमा पेस हुन लागेको कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएका हुन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?