+
+
Shares

एमाले महाधिवेशन प्रतिनिधि छनोट : प्युठान र रोल्पाबाट १४ प्रतिनिधि सर्वसम्मत चयन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १७:००

१५ मंसिर, बुटवल ।  नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि प्युठान र रोल्पाबाट १४ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । प्युठानबाट ८ जना र रोल्पाबाट ६ जना प्रतिनिधि छनोट भएका हुन् ।

प्युठानमा खुला तर्फबाट हरिप्रसाद रिजाल, विजय विराज विष्ट, तुल्सीराम शर्मा र नेगनसिंह कुवर चयन भएका छन् ।

यस्तै, युवा तर्फ श्रीधर रोका, दलिततर्फ झगबहादुर विश्वकर्मा, महिला तर्फ देवकीदेवी भण्डारी र दीपा पौडेल महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

यस्तै रोल्पाबाट खुलातर्फ शान्तकुमार वली र बालाराम बुढा मगर, महिलातर्फ सावित्राकुमारी बुढा घर्ती र जुगमति बस्नेत, युवातर्फ अमृतबहादुर बुढा मगर र दलित तर्फ पहलबहादुर विक चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?