+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
चितवन राइनोज 2025
112/1 (13.4)
Shares

विश्वले पर्खिरहेको फिल्म ‘अवतार ३’ को वर्ल्ड प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड फिल्म 'अवतार ३' लाई ४ पुस २०८३ मा विश्वभर प्रदर्शनका लागि तयारी गरिएको छ।
  • 'अवतार : फायर एन्ड एस' ले पाण्डोराको ज्वालामुखी भूमिमा बस्ने नावी जनजाति एस पिपलको कथा प्रस्तुत गर्छ।
  • फिल्मको विश्व प्रिमियर डल्बी थिएटरमा जेम्स क्यामरुन र कलाकारहरूले रेड कार्पेट समारोहमा सहभागी भएर सम्पन्न भएको छ।

लस एन्जलस । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस !

जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ ।

‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । सन् २००९ को ‘अवतार’ ले २.९२ बिलियन डलर कमाएको छ, जुन शीर्षस्थानमा छ ।

दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’ २.३४ बिलियन डलर कमाउँदै तेस्रो स्थानमा छ । ‘अवतार’ ले विश्व फिल्ममा डिजिटल क्रान्ति ल्याएको थियो । ‘अवतार’ नेपालमा प्रदर्शन हुने पहिलो थ्रीडी फिल्म पनि हो ।

क्यामरुनसँग फिल्मका कलाकारहरू साम वर्थिंगटन, जो साल्दाना र सिगोर्नी वीभर र अन्य कलाकारले हलिउडको डल्बी थिएटरमा आयोजित रेड कार्पेट समारोहमा हिँडेका थिए ।

‘अवतार : फायर एण्ड एस’ ले ज्वालामुखीको भूमिमा बस्ने नावी जनजाति जसलाई एश पिपल वा माङ्कवान पनि भनिन्छ, उनको परिचय दिलाउँदै पाण्डोराको कठोर वातावरणमा लैजान्छ ।

यो फिल्मले फ्रान्चाइजीको स्पष्ट नैतिक रेखालाई चुनौती दिने तयारी गरेको छ, किनकि एस पिपलहरू आक्रामक स्वभावको वाराङको नेतृत्वमा छन् र कर्नल क्वारिचको मानव सेनासँग मिलेर गठबन्धन बनेको छ, जसले गर्दा यी दुवै पक्षबीच द्वन्द्वको सिर्जना हुन्छ ।

प्रिमियर समारोहका अन्य सहभागीमा स्टीफन लाङ, उना च्याप्लिन, क्लिफ कर्टिस, जोएल डेभिड मूर, ब्रिटेन डाल्टन, ट्रिनिटी जो-ली ब्लिस, ज्याक च्याम्पियन, बेली बास, एडी फाल्को, माइली साइरस लगायतका सेलिब्रेटी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?