+
+
Shares

‘अवतार ३’ ले अग्रिम टिकट बिक्रीमार्फत नेपालमा कमायो ३६ लाख

नेपाली र भारतीय फिल्मपछि तेस्रो ठूलो वित्तिय आकार ओगट्ने हलिउड फिल्मले नेपालमा त्यति परिमाणको टिकट बिक्री गर्नु भनेको आफैमा उच्च हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वले पर्खिरहेको फिल्म 'अवतार : फायर एण्ड एस' शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ।
  • नेपालमा ११ दिनअघि एड्भान्स टिकट बिक्री सुरु भई मंगलबार बिहानसम्म ८ हजार ३४६ टिकट बिक्री भइसकेका छन्।
  • फिल्मले टिकट बिक्रीबाट ३६ लाख ४० हजार ४८० रुपैयाँ ग्रस कमाएको छ र पहिलो सप्ताहन्तमा राम्रो कमाइ गर्ने प्रक्षेपण छ।

काठमाडौं । विश्वले पर्खिरहेको फिल्म ‘अवतार’ को तेस्रो श्रृंखला शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ । नेपालमा ११ दिनअघि नै यो फिल्मको एड्भान्स टिकट बिक्री सुरु भैसकेको छ ।

यस्तोमा, ‘अवतार : फायर एण्ड एस’ को पर्खाइ नेपाली दर्शकमाझ पनि देखिन्छ । यसको स्पष्ट संकेत, मंगलबार दिउँसोसम्म विक्री भएको टिकट संख्या र ग्रस कलेक्सनलाई लिएर देख्न सकिन्छ ।

मंगलबार बिहान ११ बजेसम्म सिनेपाः बक्सअफिसमा यो फिल्मका ८ हजार ३४६ वटा टिकट बिक्री भैसकेका छन् । त्यति टिकट बिक्रीबापत फिल्मले ३६ लाख ४० हजार ४८० रुपैयाँ नेरु ग्रस कमाएको छ ।

विहिबार बेलुकासम्म फिल्मको एड्भान्स टिकट बिक्रीले ४५ देखि ५० लाख सजिलै नाघ्ने अनुमान गर्न सकिन्छ ।

नेपाली र भारतीय फिल्मपछि तेस्रो ठूलो वित्तिय आकार ओगट्ने हलिउड फिल्मले नेपालमा त्यति परिमाणको टिकट बिक्री गर्नु भनेको आफैमा उच्च हो । फिल्मले पहिलो सप्ताहन्तमा राम्रै कमाइ गर्ने प्रक्षेपण गर्न सकिन्छ ।

१९७ मिनेट रनटाइमको यो फिल्मलाई जेम्स क्यामरुनले निर्देशन गरेका हुन् । यसका अघिल्ला दुई श्रृंखलामा सर्वकालिन धेरै कमाउने विश्व फिल्मको उत्कृष्ट ५ को सूचीमा पहिलो र तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?