
News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड स्टुडियो ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार : फायर एन्ड एस’को नयाँ ट्रेलर सार्वजनिक गरेको छ।
- जेम्स क्यामरुन निर्देशित ‘अवतार’को तेस्रो श्रृंखला १९ डिसेम्बरमा प्रदर्शन तयारीमा छ।
- पहिलो ‘अवतार’ सन् २००९ मा रिलिज भयो र विश्वव्यापी बक्स अफिसमा २.९ बिलियन डलरभन्दा बढी कमाएको छ।
काठमाडौं । हलिउड स्टुडियो ट्वेन्टिथ सेन्चुरी फक्सले बहुप्रतीक्षित फिल्म ‘अवतार : फायर एन्ड एस’को नयाँ ट्रेलर सार्वजनिक गरेको छ ।
जेम्स क्यामरुन निर्देशित यो फिल्म ‘अवतार’को तेस्रो श्रृंखला हो । फिल्मका अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाइ गर्ने ५ शीर्षस्थानमा छन् ।
तेस्रो श्रृंखला १९ डिसेम्बरमा प्रदर्शन तयारीमा छ । ट्रेलरले जेक सुली (स्याम वर्थिंगटन) र उनको परिवारको पुनरागमन देखाउँछ । यसपटक उनीहरूको परिवार ना’वी जनजातिसँगको युद्धमा देखाउँछ ।
वर्थिंगटनसँगै, जो साल्डाना, सिगोर्नी वीभर, स्टीफन ल्याङ, केट विन्सलेट, बेली बास, ब्रिटेन डाल्टन, ट्रिनिटी ब्लिस, ज्याक च्याम्पियन र एडी फाल्को तेस्रो सिक्वेलमा फर्किदैंछन् ।
उना च्याप्लिन र डेभिड थेवलिसले नयाँ पात्रहरूको रूपमा श्रृंखलामा डेब्यू गर्नेछन् । पहिलो ‘अवतार’ सन् २००९ मा रिलिज भयो र विश्वव्यापी बक्स अफिसमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।
यसले अझै पनि त्यो रेकर्ड कायम राखेको छ, जसको लाइफटाइम कमाई २.९ बिलियन डलरभन्दा बढी छ । यसको सिक्वेल, “अवतार ः द वे अफ द वाटर“, एक दशक पछि सन् २०२२ मा रिलिज भयो र बक्स अफिसमा २.३ बिलियन डलर कमाई गर्यो, जसले क्यामरुनको आफ्नै “टाइटानिक“ लाई सबै समयको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्मको रूपमा उछिनेको छ ।
दुई “अवतार“ शीर्षकका फिल्मलाई “एभेन्जर्स : एन्डगेम“ ले मात्र विभाजित गरेको छ, जसले सन् २०१९ मा २.७ बिलियन डलर कमायो ।
‘अवतार’को चौंथो श्रृंखला सन् २०२९ र पाँचौं चलचित्र सन् २०३१ मा रिलिज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4