+
+
Shares
हलिउड :

३४ अर्ब बजेटको ‘अवतार ३’ पुसमा आउने, यस्तो छ पहिलो झलक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म 'अवतार ३' पुस ४ गते विश्वब्यापी प्रदर्शन हुने भएको छ।
  • फिल्म 'अवतार ३' को बजेट २५ करोड अमेरिकी डलर अर्थात् ३४ अर्ब नेपाली रुपैयाँ छ।
  • खलनायक पात्र 'वरंग' को झलक सार्वजनिक गरिएको छ, जसलाई उना च्याप्लिनले निर्वाह गरेकी छन्।

लस एन्जलस । हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित फिल्म ‘अवतार : फायर एण्ड एस’मा पाण्डोराको थप कथा हेर्न तयार हुनूस । फिल्मका मुख्य खलनायक पात्र ‘वरंग’को झलक सार्वजनिक गर्दै ‘अवतार ३’ले प्रदर्शन मिति घोषणा गरेको छ ।

यो फिल्म पुस ४ गते (१९ डिसेम्बर, २०२५)मा विश्वब्यापी प्रदर्शन हुने भएको छ । शुक्रबार रिलिज हुन लागेको अर्को हलिउड फिल्म ‘फ्यान्टास्टिक फोर’सँगै ‘अवतार ३’को पहिलो ट्रेलर आउनेछ ।

फिल्मको बजेट २५ करोड अमेरिकी डलर अर्थात् ३४ अर्ब नेपाली रुपैयाँ बताइएको छ । आज सार्वजनिक पहिलो पोस्टरमा खलनायक वाराङको अनुहार देखाइएको छ ।

यो पात्र उना च्याप्लिनले निर्वाह गरेकी छन् । वाराङलाई माङ्कवान कुल वा एस मानिसको नेता भनिन्छ । ’न्यूयोर्क टाइम्स’ को एक रिपोर्टअनुसार, ’अवतार ३’ को ट्रेलर हालै डिज्नीको लस एन्जलस र न्यूयोर्क कार्यालयहरूमा देखाइएको थियो ।

यसमा, खलनायक वाराङलाई रातो र कालो श्रीपेच लगाएको देखाइएको छ । उनले जेक र नेतिरीकी छोरी किरीलाई बन्धक बनाउँछिन् र भन्छिन्, ‘यहाँ तिम्रो देवीको कुनै अधिकार छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?