News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड फिल्म 'अवतार ३' लाई ४ पुस २०८३ मा विश्वभर प्रदर्शनका लागि तयारी गरिएको छ।
- 'अवतार : फायर एन्ड एस' ले पाण्डोराको ज्वालामुखी भूमिमा बस्ने नावी जनजाति एस पिपलको कथा प्रस्तुत गर्छ।
- फिल्मको विश्व प्रिमियर डल्बी थिएटरमा जेम्स क्यामरुन र कलाकारहरूले रेड कार्पेट समारोहमा सहभागी भएर सम्पन्न भएको छ।
लस एन्जलस । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस !
जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ ।
‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । सन् २००९ को ‘अवतार’ ले २.९२ बिलियन डलर कमाएको छ, जुन शीर्षस्थानमा छ ।
दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’ २.३४ बिलियन डलर कमाउँदै तेस्रो स्थानमा छ । ‘अवतार’ ले विश्व फिल्ममा डिजिटल क्रान्ति ल्याएको थियो । ‘अवतार’ नेपालमा प्रदर्शन हुने पहिलो थ्रीडी फिल्म पनि हो ।
क्यामरुनसँग फिल्मका कलाकारहरू साम वर्थिंगटन, जो साल्दाना र सिगोर्नी वीभर र अन्य कलाकारले हलिउडको डल्बी थिएटरमा आयोजित रेड कार्पेट समारोहमा हिँडेका थिए ।
![]()
‘अवतार : फायर एण्ड एस’ ले ज्वालामुखीको भूमिमा बस्ने नावी जनजाति जसलाई एश पिपल वा माङ्कवान पनि भनिन्छ, उनको परिचय दिलाउँदै पाण्डोराको कठोर वातावरणमा लैजान्छ ।
यो फिल्मले फ्रान्चाइजीको स्पष्ट नैतिक रेखालाई चुनौती दिने तयारी गरेको छ, किनकि एस पिपलहरू आक्रामक स्वभावको वाराङको नेतृत्वमा छन् र कर्नल क्वारिचको मानव सेनासँग मिलेर गठबन्धन बनेको छ, जसले गर्दा यी दुवै पक्षबीच द्वन्द्वको सिर्जना हुन्छ ।
प्रिमियर समारोहका अन्य सहभागीमा स्टीफन लाङ, उना च्याप्लिन, क्लिफ कर्टिस, जोएल डेभिड मूर, ब्रिटेन डाल्टन, ट्रिनिटी जो-ली ब्लिस, ज्याक च्याम्पियन, बेली बास, एडी फाल्को, माइली साइरस लगायतका सेलिब्रेटी थिए ।
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
प्रतिक्रिया 4