+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते ८:४१

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए ।

उनले बुधबारदेखि समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरू गर्न लागेको पनि बताए ।

‘पार्टीले गरेको निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न, केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा गरेको सहजता र उदारतालाई तलसम्म पुर्‍याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ नेता रसाइलीले भने ।

उनले समितिले अहिलेसम्म क्रियाशील सदस्यताबारे भएका कामहरूलाई लिपीबद्ध गर्ने र त्यसको प्राविधिक पाटोलाई सहज गरेर व्यवस्थापन गरिने पनि बताए ।

कांग्रेसले आसन्न १५ औँ महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो । व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।

महामन्त्री थापाले १८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदनअनुसार झण्डै नौ लाख क्रियाशील सदस्यमध्ये तीन लाखले मात्र नवीकरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?