+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ६:४३

१८ मंसिर, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरभित्र राखिएका फलामका बार हटाइएको छ ।

पशुपतिनाथ मन्दिरलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

भक्तजनहरुको लाइन व्यवस्थित गर्न भन्दै करिब एक दशकअघिदेखि फलामका बार राखिएको थियो । फलामका बारले सम्पदालाई असर गर्ने भन्दै हटाइएको हो ।

सम्पदा संरक्षणकर्मीको पहलमा पुरातत्व विभागले फलामका बार र फलामबाट बनाइएको आकाशे पुलले विश्वसम्पदा क्षेत्रलाई असर गर्ने भन्दै हटाउन पशुपति क्षेत्र विकास कोषलाई पत्राचार गरेको थियो ।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले फलामका बार हटाइसकिएको भन्दै त्यस ठाउँमा अब काठ वा डोरी राखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?