१८ मंसिर, काठमाडौं । काठमाडौं महानरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
शंखमुल बस्दै आएका उनी मदन भण्डारी कलेज अगाडिको धोबीखोलामा बिहीबार बिहान ६:५० बजे मृत भेटिएका हुन् ।
उनी साइकलसहित मृत भेटिएको प्रहरीले बताएको छ । उनको शव श्रीमतीले सनाखत गरेकी छिन् ।
प्रहरीले घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4