+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

इन्डिगोका सयभन्दा बढी उडान रद्द, कारण यस्तो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतमा इन्डिगो एयरलाइन्सका १५० उडानहरू रद्द भएका छन् भने दर्जनौं उडानमा ढिलाइ भएको छ।
  • नयाँ सरकारी नियमले पाइलटहरूको कामको समयतालिका जटिल बनेको र एयरलाइन्सले पाइलटसँग जुध्नु परेको छ।
  • कोलकाता र हैदराबाद एयरपोर्टमा पनि इन्डिगोका धेरै उडानहरू रद्द र ढिलो भएका छन्।

१८ मंसिर काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा घण्टौंसम्म रोकिनुपरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार भारतको सबैभन्दा ठूलो विमान कम्पनीमध्येको एक इन्डिगोका १५० उडानहरू रद्द भएका थिए भने दर्जनौं उडानहरूमा ढिलाइ भएको थियो ।

रोयटर्सले स्रोत र इन्डिगोका एक पाइलटको हवाला दिँदै भनेको छ, ‘थकानको सामना गर्न र पाइलटका लागि आरामको समय बढाउनका लागि १ जुलाई र १ नोभेम्बरमा लागू गरिएको नयाँ सरकारी नियमपछि एयरलाइन्स पाइलटहरूको कमीसँग जुध्नु परेको छ । जसका कारण रोस्टर प्रबन्धन ( कामको समयतालिका) जटिल भएको छ ।’

अंग्रेजी अखबार द हिन्दुले अधिकारीहरूको हवाला दिँदै बुधबार राति १२ बजेदेखि बेलुकी ८ बजेको बीचमा कोलकाता एयरपोर्टमा इन्डिगोका १५ उडानहरू रद्द भएका र १३० भन्दा बढी उडान ढिलो गरी उडेका बताएको छ ।

हैदराबाद एयरपोर्टबाट पनि उडानहरू रद्द र ढिलाइ भएको गुनासो आएको बीबीसीले जनाएको छ । बीबीसीकाअनुसार हैदराबाद एयरपोर्टका तर्फबाट एक्समार्फत् पछिल्लो परिस्थितिबारे जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?