+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
133/4 (16.3)
VS
चितवन राइनोज 2025
0/0
Shares

काठमाडौं मोडल कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन हुने, कार्यपत्र आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मोडल कलेजले नेपाल खुल्ला विश्वविद्यालयसँग सहकार्यमा २०२६ फेब्रुअरी ३ देखि ६ सम्म १२ औं अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
  • सम्मेलनको विषयवस्तु 'एड्भान्स्ड एन्ड अप्लाइड कन्भर्जेन्स फर अ स्मार्टर सस्टेनेबल फ्युचर' रहनेछ र विश्वभरका अनुसन्धानकर्ताले नयाँ अनुसन्धान प्रस्तुत गर्नेछन्।
  • कोरियाका प्रतिष्ठित संस्थाहरूको सहकार्यमा सञ्चालन हुने सम्मेलनले कृत्रिम बुद्धिमत्ता, क्वान्टम कम्प्युटिङ, स्वास्थ्य नवप्रवर्तन लगायत क्षेत्रका अनुसन्धानपत्रहरू आह्वान गरेको छ।

१८ मंसिर, काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी)ले नेपाल खुल्ला विश्वविद्यालय (एनओयू) सहितको सहकार्यमा १२ औं ‘इन्टरनेसनल जोइन्ट कन्फरेन्स अन कन्भर्जेन्स’ आयोजना गर्ने भएको छ ।

२०२६ फेब्रुअरी ३ देखि ६ सम्म हुने यो अन्तर्राष्ट्रिय सम्मेलन शैक्षिक अनुसन्धान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नेपाललाई विश्व मञ्चमा थप सुदृढ रूपमा प्रस्तुत गर्ने केएमसीको भनाइ छ ।

यो संस्करणको सम्मेलन ‘एड्भान्स्ड एन्ड अप्लाइड कन्भर्जेन्स फर अ स्मार्टर सस्टेनेबल फ्युचर’ विषयवस्तुमा आधारित रहनेछ । विश्वभरका अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगविद् तथा युवा नवप्रवर्तकहरूले बहुविषयक तथा ‘कन्भर्जेन्स टेक्नोलोजी’ क्षेत्रमा गरिएका नवीनतम अनुसन्धान प्रस्तुत गर्नेछन् ।

यस सम्मेलनलाई कोरियाका प्रतिष्ठित संस्थाहरू इन्टरनेसनल इन्स्च्युट अफ बिजनेस कन्भर्जेन्स (आईआईबीसी), इन्टरनेसनल प्रमोसन एजेन्सी अफ कल्चर टेक्नोलोजी (आईपीएसीटी) नलेज फरेस्ट र भिजुअल इन्फर्मेसन डिजाइन एसोसिएसन अफ कोरिया (भीआईडीएके) को साथमा सञ्चालन गर्न लागिएको हो।

आन्तरिक गुणस्तर प्रत्याभूति प्रमुख ध्रुव प्रसाद तिमल्सेनाका अनुसार, यो सम्मेलन नेपालमा शैक्षिक अनुसन्धान तथा प्रविधि–नवप्रवर्तनलाई प्रबर्द्धन गर्न महत्वपूर्ण आधार बन्ने केएमसीको दाबी छ ।

‘अन्तर्राष्ट्रिय समुदायसँग ज्ञान आदान–प्रदान तथा सहकार्यका नयाँ अवसरहरू खोल्नेछ’ उनले भने । काठमाडौं मोडेल कलेजका आरएमसी प्रमुख उज्ज्वल भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय स्तरको यस्तो सम्मेलन आयोजना हुनु युवा अनुसन्धानकर्ता, नवप्रवर्तक तथा सम्पूर्ण शैक्षिक क्षेत्रका लागि अत्यन्त उत्साहजनक र सम्भावनायुक्त अवसर हुने बताए ।

कार्यपत्रका लागि आह्वान

सम्मेलनले संयोजित र बहुविषयक प्रविधि क्षेत्रहरूमा आधारित मौलिक, नवीन र उच्च गुणस्तरका अनुसन्धानपत्रहरू आमन्त्रण गरेको छ ।

सम्मेलनले विशेषतः समसामयिक र भविष्यमुखी विषयवस्तुहरूलाई प्राथमिकता दिएको छ, जसमा कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङ, मानव–मेसिन अन्तरक्रिया, क्वान्टम कम्प्युटिङ र उदाउँदो क्वान्टम प्रविधिहरू, बायोमेडिकल तथा स्वास्थ्यसम्बन्धी नवप्रवर्तन, पर्यावरणीय एआई र दिगोपनामा आधारित प्रविधि, दूरसञ्चार, नेटवर्क तथा सूचना प्रविधि, सांस्कृतिक तथा क्रिएटिभ कन्भर्जेन्स, तथा उद्योग, प्रविधि र उत्पादन क्षेत्रमा देखा परेका उदीयमान प्रविधिहरू जस्ता प्रमुख क्षेत्रहरू समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?