+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

पपस्टार केटी पेरीले दिइन् जस्टिन ट्रूडोसँगको सम्बन्धलाई आधिकारिकता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पप स्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रूडोले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धको आधिकारिक घोषणा गरेका छन्।
  • केटी पेरीले जापानमा ट्रूडोसँग रोमान्टिक तस्वीर र भिडियो सेयर गरेकी छन् र पूर्वजापानी प्रधानमन्त्री फुमियो किशिदासँग कूटनीतिक दिवाभोजमा सहभागी भएकी थिइन्।
  • केटी र जस्टिनको सम्बन्ध पछिल्ला केही महिनादेखि चर्चामा छ र उनीहरू क्यानडा, क्यालिफोर्निया र पेरिसमा सँगै देखिएका थिए।

काठमाडौं । पपस्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रूडोले आधिकारिक रूपमा आफ्नो सम्बन्धको घोषणा गरेका छन् । सामाजिक सञ्जाल पोस्टमार्फत उनीहरूले सम्बन्धको पुष्टि गरेका छन् ।

केटीले जापानमा बिदा मनाइरहेको आकर्षक तस्वीर र भिडियो सेयर गरेकी छन् । एक तस्वीरमा केटी र जस्टिन निकटरुपमा रोमान्टिक हुँदै सेल्फी खिचिरहेका देखिन्छन् । उनले इन्स्टाग्राममा यो पोस्ट गर्ने वित्तिकै विश्वभर यसको चर्चा छ ।

गायिका पेरी, ट्रुडोसँगै, पूर्वजापानी प्रधानमन्त्री फुमियो किशिदा र उनकी श्रीमती योकोसँग कूटनीतिक दिवाभोजमा सहभागी भएकी थिइन् । यी तस्वीर भने घुमघाम यात्राका हुन् ।

४१ वर्षीया पेरीले इन्स्टाग्राम पोस्टमा लेखिन्, ‘टोकियो टाइम्स अन टूर अन्य धेरै कुरा ।’ यसैबीच, फुमियो किशिदाले पनि उनीहरूको भेटको तस्बिर सेयर गर्दै केटी र जस्टिनलाई ‘साथी’ भनेका छन् ।

केटी र ५३ वर्षीय जस्टिनको तस्वीर तुरुन्तै अनलाइनमा भाइरल भयो, जसको व्यापक प्रतिक्रिया देखिन्छ । एक जनाले टिप्पणी गरे, ‘मैले यो आशा गरेको थिइनँ ।’ अर्काले लेखे, ‘मलाई यति मात्र थाहा छ कि जस्टिन उनको हृदयको नयाँ मन्त्री हुन् र हामी त्यसको लागि धेरै खुसी छौं ।’

पछिल्ला केही महिनायता केटी र जस्टिन चर्चामा छन् । उनीहरू क्यानडामा सँगै क्याफेमा देखिएको देखि अमेरिकाको क्यालिफोर्नियामा समुन्द्री जहाजमा चुम्बन गरेको बेला देखिएका थिए । हालै, उनीहरू पेरिसमा केटीको बर्थडेको अवसरमा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?