News Summary
Generated by OK AI. Editorially reviewed.- गायक सुशान्त केसीले सन् २०२५ मा स्पोटीफाईमा ६ करोड २ लाख पटक सुनिने कीर्तिमान कायम गरेका छन्।
- सन् २०२५ मा सुशान्तलाई ३९ लाख श्रोताले १७७ देशबाट ३३ लाख घण्टा समयावधि सुनेका छन्।
- सज्जनराज वैद्यलाई सन् २०२५ मा ३ करोड ५४ लाख पटक र १४ लाख श्रोताले १७५ मुलुकबाट सुनेका छन्।
काठमाडौं । गायक सुशान्त केसीले सन् २०२५ मा स्पोटीफाईमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । विश्व संगीतको यो चर्चित प्लाटफर्ममा उनलाई उक्त वर्षमा ६ करोड २ लाख पटक सुनिएको छ ।
३९ लाख जना श्रोतासहित सुशान्तलाई ३३ लाख घण्टा समयावधि सुनिएको छ । १७७ देशबाट उनलाई सुनिएको छ । सुशान्तले यसको जानकारी सामाजिक सञ्जालबाट समेत दिएका छन् ।
सुशान्तले लगातार दोस्रो वर्ष स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने नेपाली गायकको यो कीर्तिमान रचेका हुन् । सन् २०२४ मा उनले अर्का गायक सज्जनराज वैद्यलाई उछिनेर शीर्षस्थान कायम गरेका थिए ।
सन् २०२५ मा वैद्यलाई भने स्पोटीफाईमा ३ करोड ५४ लाख पटक सुनिएको छ । १४ लाख जना श्रोताले २३ लाख घण्टा सज्जनलाई १७५ मुलुकबाट सुनेका छन् । सज्जनले सामाजिक सञ्जालबाट यसको लागि प्रशंसकप्रति आभार व्यक्त गरेका छन् ।
अन्य संगीतकर्मीले भने स्पोटीफाई तथ्यांक सार्वजनिक गरेका छैनन् । यो प्लाटफर्ममा सुशान्त र सज्जनको वर्चस्व रहँदै आएको छ । यी दुईलाई विदेशबाट समेत सुन्नेको संख्या उच्च छ ।
स्पोटीफाईले प्रत्येक वर्ष डिसेम्बरमा सो वर्षको सांगीतिक तथ्यांक सार्वजनिक गर्ने गर्छ ।
प्रतिक्रिया 4