News Summary
Generated by OK AI. Editorially reviewed.- गायक सुशान्त केसीले फेब्रुअरीदेखि मार्चसम्म अस्ट्रेलिया टूर २०२६ गर्ने घोषणा गरेका छन्।
- उनको टूर २१ फेब्रुअरीमा पर्थबाट सुरु भएर ६ मार्चमा सिड्नीमा समाप्त हुनेछ।
- टूरमा ब्रिसबेन, एडिलेड, मेलबर्न लगायत पाँच सहरमा कार्यक्रम हुनेछन् र टिकट टीआरएन इभेन्ट्सले बिक्री सुरु गरेको छ।
काठमाडौं । गायक सुशान्त केसीले अस्ट्रेलिया टूर २०२६ को घोषणा गरेका छन् । यो टूर फेब्रुअरीदेखि मार्चको पहिलो सातासम्म चल्ने उनले जानकारी दिएका छन् ।
२१ फेब्रुअरीमा पर्थदेखि सुरु हुने उनको टूर ६ मार्चमा सिड्नी पुगेर टुंगिनेछ । २४ फेब्रुअरीमा ब्रिसबेन, २६ फेब्रुअरीमा एडिलेड, २ मार्चमा मेलबर्नमा हुने केसीले जनाएका छन् ।
यसअघि उनले सन् २०२२ मा ‘ड्रीम फेस्ट टूर’ अन्तर्गत अस्ट्रेलियामा प्रस्तुति दिएका थिए । २ वर्षपछि उनी अस्ट्रेलियाको नेपाली डायस्पोरामा गुञ्जिन लागेका हुन् ।
‘अन्ततः सुशान्त केसी घर फर्किदैंछन् । यो होमकमिङ भावको टूर हुनेछ’ उनले इन्स्टाग्राममा पोस्ट गरेको जानकारीमा उल्लेख छ, ‘पाँच सहर, एक आवाज, लाखौं भावना । यो टूर मात्र होइन, यो घर फिर्ती हो ।’
सुशान्तको यो कन्सर्टको लागि टीआरएन इभेन्ट्सले टिकट पनि विक्री थालेको छ । ‘मेरो अस्ट्रेलियाको यात्राले पूर्णता पाउँदैछ’ टूरको तयारीबारेको भिडियो सेयर गर्दै सुशान्तले लेखेका छन् ।
सुशान्तको लागि सन् २०२५ कोे उत्तराद्र्ध खास रह्यो । उनले ‘यस्तै रैछ’ शीर्षकको छोटो फिल्मबाट अभिनयमा डेब्यू गरे, जहाँ उनी ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामोसँग देखिएका थिए ।
उनले आफ्नो होमप्रोडक्सन फिल्म निर्माण कम्पनी एसकेसी स्टुडियो पनि संचालनमा ल्याएका छन् । यो स्टुडियोबाट उनी निकट भविष्यमा फिल्म निर्माणमा पनि अघि बढ्ने जनाइएको छ ।
प्रतिक्रिया 4