News Summary
Generated by OK AI. Editorially reviewed.- युवापुस्ताका चर्चित गायक सुशान्त केसीले टिभी रियालिटी शो ‘भ्वाइस किड्स’को दोस्रो सिजनमा कोच भएर प्रतिबद्धता पूरा गरेका छन्।
- उनको टिमका अस्मी खवास र यशस्वी खड्कालाई लिएर सुशान्तले नयाँ गीत 'तबाही' तयार पारेका छन्।
- गीतमा सुशान्तको लेखन, निर्माण र प्रस्तुति रहेको छ र अस्मी र यशस्वी फिचर्ड छन्, जसले सामाजिक सञ्जालमा उत्कृष्ट प्रतिक्रिया पाएको छ।
काठमाडौं । युवापुस्ताका चर्चित गायक सुशान्त केसीले आफूले गरेको सांगीतिक प्रतिबद्धता पूरा गरेका छन् ।
टिभी रियालिटी शो ‘भ्वाइस किड्स’को दोस्रो सिजनमा केसी कोचको रुपमा थिए । उनको टिमबाट अस्मी खवास र यशस्वी खड्काले प्रतिस्पर्धा गरेका थिए । दुबैले भ्वाइसको प्लाटफर्ममा सांगीतिक छाप पनि छाडे ।
ती दुई बालगायिकाको प्रस्तुतिले सुशान्त प्रभावित नहुने कुरै भएन । तर, उपाधि नजितेपनि उनीहरूले सबैको मन जिते । उनीहरू फाइनलमै बाहिरिनुपर्यो ।
त्यतिबेला कोच सुशान्तले प्रतिबद्धता जनाएका थिए- दुवैलाई लिएर एउटा गीत तयार पार्ने । उक्त प्रतिबद्धताअनुसार नै सुशान्तले नयाँ गीत ल्याएका छन्- तबाही ।
सुशान्तको लेखन, निर्माण र प्रस्तुति रहेको गीतमा अस्मी र यशस्वी फिचर्ड छन् । यो गीतले युट्युब र सामाजिक सञ्जालमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
अहिले ‘भ्वाइस अफ नेपाल’को सातौं सिजन चलिरहेको छ ।
प्रतिक्रिया 4