+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares
प्रतिनिधिसभा सदस्य निर्वाचन :

सिन्धुपाल्चोक-१ मा मोहनबहादुर बस्नेत एकल सिफारिस

आउदो फागुन २१ गते सरकारले निर्वाचन घोषणा गरेसगै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ ले प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्व मन्त्री मोहन बहादुर बस्नेतको नाम एकल सिफारिस गरेको छ।
  • फागुन २१ गते निर्वाचन घोषणा भएसगै काङ्ग्रेस क्षेत्र नम्बर १ ले बस्नेतको नाम सिफारिस गरेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए।
  • समानुपातिकतर्फ प्रेम ध्वज लामा, दोर्जे लामा र महिलातर्फ मसीना खड़कालाई उम्मेदवारको लागि सिफारिस गरिएको छ।

२३ मंसिर, काभ्रेपलाञ्चोक। नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ ले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम एकल सिफारिस गरेको छ ।

आउदो फागुन २१ गते सरकारले निर्वाचन घोषणा गरेसगै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए ।

मंगलवार काङ्ग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको काङ्ग्रेस नेता कर्याकर्ताको भेला तथा छलफलपछि बस्नेतको नाम एकल सिफारिस गरेको थियो ।

यस अघि २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचनमा भाग लिएर बिजय बनेका थिए । काङ्ग्रेस- माओवादीको गठबन्ध बन्दा बस्नेत २ नम्बर निर्वाचन क्षेत्र जान परेको थियो।

त्यस्तै समानुपातिकमा प्रेम ध्वज लामा, दोर्जे लामा र महिलामा मसीना खड़कालाई उम्मेदवारको लागि सिफारिस गरेको हो ।

त्यस्तै राष्ट्रियसभा तर्फ वेद बहादुर श्रेष्ठ र भोला बोहोरालाई उम्मेदवारको लागि सिफारिस गरेको हो ।

तर नेपाली कांग्रेस बागमती प्रदेशका सह महामन्त्री हरिशरण श्रेष्ठले विशेष महाधिवेशनमा हस्ताक्षरकर्ताहरुलाई भेलामा खबर नगरेको गुनासो गरे। ‘सबैलाई बोलाएर छलफल गर्न पार्टी केन्द्रीय समितिले निर्देशन दिएको छ। तर सिन्धुपाल्चोक १ मा एकपक्षीय रुपमा निर्णय भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?