News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार मकै बोडीको मूल्य प्रतिकिलो थोकमा ७० रुपैयाँ कायम भएको जानकारी दिएको छ।
- घिउसिमीको मूल्य बुधबार घटेर हाइब्रिड सिमी प्रतिकिलो ११५ रुपैयाँ र लोकल घिउसिमी १४५ रुपैयाँमा किनबेच भएको छ।
- मंगलबार मकै बोडीको मूल्य ६५ रुपैयाँ र हाइब्रिड घिउसिमी १५० रुपैयाँमा किनबेच भएको थियो।
२४ मंसिर, काठमाडौं । बजारमा मकै बोडीको मूल्य बढ्दा घिउसिमीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार यी तरकारीको मूल्यमा घटबढ देखाएको हो ।
आज बुधबार मकै बोडीको मूल्य प्रतिकिलो थोकमा ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार मकै बोडी प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज घिउसिमीको मूल्य भने प्रतिकिलो थोकमा ३५ रुपैयाँसम्म घटेको छ । हिजो मंगलबार घिउसिमी हाइब्रिड प्रतिकिलो थोकमा १ सय ५० रुपैयाँमा किनबेच भएको थियो । आज उक्त सिमीको मूल्य १ सय १५ रुपैयाँ कायम छ ।
यसैगरी आज बुधबार लोकल घिउसिमीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भएको लोकल घिउसिमी आज बुधबार १ सय ४५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4