+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन भएन : अध्यक्ष मगर

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १८:५३

२४ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका सिफारिसहरू अझै कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार सिंहदरवारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले धेरै पटक आश्वासन दिएर पनि आयोगको सिफारिस कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए ।

अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन गरेर पीडितलाई मानव अधिकारको प्रत्याभुति दिलाउने काम गर्न पनि सरकारालाई सचेत गराए ।

‘राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसहरू कार्यान्वयनमा हामी प्रतिवद्ध छौं भनेर मुख्य सचिवजीले भन्नुभयो । यो हामीले आश्वासन पाएको धैरै भइसक्यो । समिति पनि गठन भइसक्यो । तर यो कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘आशा छ–हाम्रो मुख्यसचिवज्यूको जुन आश्वासन छ । त्यो सफलीभुत हुनेछ । हाम्रा सिफारिसहरू कार्यान्वयन हुनेछन् । पीडितहरूले क्षतिपूर्ति पाउनेछन् । उहाँहरूले पनि मानव अधिकारको प्रत्याभुति भएको अनुभव गर्नेछन् ।’

उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि सरकारले आयोगको सिफारिस कार्यान्वयनमा आलटाल गर्न नहुने स्पष्ट पारे । अध्यक्ष मगरले मानव अधिकारको रक्षाका लागि सरकारले भ्रष्टाचार निर्मूल पार्नका लागि पनि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।

‘भ्रष्टाचार मौलायो, सुशासन कमजोर भयो भने मानव अधिकार पनि ओझेलमा पर्दछन । यसकारण पनि मानव अधिकारको रक्षाका लागि, मानव अधिकार सबैले उपभोग गर्ने वातावरणका लागि पनि सरकारले के गर्नुपर्छ भने सुशासन कायम गर्नु पर्दछ । भ्रष्टाचारलाई हटाउनु पर्दछ । निर्मूल गर्नुपर्दछ,’ उनले भने ।

अध्यक्ष मगरले सुशासन कमजोर भएका कारण मुलुकमा मानव अधिकार हनन्का घटनाहरू बढन गएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?