+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

वैदेशिक रोजगारमा रहेकालाई सालपा विकास बैंकको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सालपा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ।
  • कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्नेछ, जसमा सर्वसाधारण समूहको हिस्सा ३३ प्रतिशत र संस्थापकको हिस्सा ६७ प्रतिशत हुनेछ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ र आवेदन मंसिर २९ गतेसम्म वा पुस १० गतेसम्म दिन सकिनेछ।

२५ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीलाई सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्नेछ । जसमा सर्वसाधारण समूहको हिस्सा ३३ र संस्थापकको हिस्सा ६७ प्रतिशत हुनेछ ।

सर्वसाधारण समूहको कुल १७ लाख २३ हजार ८८० कित्ता सेयरमध्ये वैदेशिक रोजगारमा रहेकालाई १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्कासन हुनेछ ।

श्रम इजाजत लिएर विदेश गएकाले यो आईपीओ भर्न सक्नेछन् । छिटोमा मंसिर २९ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा सेयर बिक्री नभएमा पुस १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० तथा अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कस्तो छ कम्पनी ?

असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ छ । २ करोड ७० लाख रुपैयाँको जगेडा कोष छ । खोटाङ जिल्लामा कारोबार गर्न अनुमति पाएको यसको कर्पोरेट कार्यालय दिक्तेलमा छ ।

जारी पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको यसले क्रेडिट रेटिङ कम्पनी इन्फोमेरिक्सबाट बी रेटिङ पाएको छ । जसले कम्पनीलाई दायित्व बहनमा मध्यमस्तरको जनाउँछ।

अंकित मूल्य १ सयका दरले सेयर निष्कासन हुनेछ । यो विकास बैंक समूहको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?