+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

उम्मेदवार हुन इच्छुकसँग गलोपाले माग्यो आवेदन

गलोपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १७:५६
फाइल तस्वीर

२६ मंसिर, काठमाडौं । नवगठित गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ ।

गलोपाको पार्टीको सिद्धान्त, नीति तथा घोषणापत्रप्रति प्रतिबद्ध व्यक्तिले आवेदन पेस गर्न अनुरोध गरिएको छ । प्रत्यक्षतर्फका लागि २ माघ र समानुपातिकतर्फका लागि १० पुसभित्र उम्मेदवारीको आवदेन पेस गर्न भनिएको छ ।

स्थानीय समुदायमा सकारात्मक पहिचान र सक्रियता, सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध स्पष्ट प्रतिबद्धता व्यक्त गरी त्यसको कार्यान्वयन पनि गरेको व्यक्तिले आवेदन दिनसक्ने मापदण्ड त गरिएको गतिशील लोकतान्त्रिक पार्टीका संगठनतर्फका महासचिव पियुष कायस्थले जानकारी गराए ।

नागरिकका समस्यासँग जोडिने क्षमता र समाधानको योजना प्रस्ट भएको, प्रभावकारी संवाद, जनसंगठन नेतृत्व र स्वच्छ छवि भएको, युवा, महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, पिछडिएको समुदायबाट आएका आवेदनलाई प्रत्यक्षतर्फ प्राथमिकता दिने गलोपाले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ नीति निर्माण, सामाजिक न्याय, समावेशिता र विकासका विषयमा ज्ञान भएको मापदण्ड तय गरिएको छ ।

राष्ट्रिय स्तरमा योगदान दिन सक्ने क्षमताले युक्त, युवा, महिला, दलित तथा अन्य प्रतिनिधित्व आवश्यक समूहहरूको उपस्थितिलाई प्राथमिकता दिने गलोपाले जनाएको छ ।

गलोपाले उम्मेदवार आवेदनको मापदण्डमा भ्रष्टाचारमुक्त, जिम्मेवार र मूल्य–आधारित सार्वजनिक छवि भएका व्यक्तिहरूलाई पार्टीले प्राथमिकतामा राखेको छ ।

गलोपाबाट उम्मेदवार हुन इच्छुकले पार्टीको साइटमा फर्म भरेर आवेदन पेस गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?