+
+
Shares

स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग खुल्यो

स्थानीयले अबको ६० दिनमा सडक निर्माण कार्य सुरू नगरे पुन: इको पहिरोबाट सडक अवरुद्ध गर्ने निर्णय नै गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १०:२५
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काभ्रेपलाञ्चोक । यही मंसिर २० गतेदेखि स्थानीयवासीले अवरुद्ध गरेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि सञ्चालनमा आएको छ ।

अरनिको राजमार्ग कोदारीस्थित इको पहिरोमा स्थानीयले सडक अवरुद्ध गरेपछि नाका ८ दिनदेखि बन्द थियो । बाढी र पहिरोले बस्ती जोखिम भएको भन्दै स्थानीयले सडक सञ्चालनमा रोक लगाएका थिए ।

गत असोज २ गते स्थानीयवासी, सडक विभागसडक डिभिजन कार्यालय चरिकोटलगायतको उपस्थितिमा कात्तिक महिनामा राजमार्ग निर्माण र पहिरो नियन्त्रणको लागि टेन्डर निकाल्ने सहमति भएपनि अर्को एक महिना ढिला भएपछि स्थानीयले सडक अवरोध गरेका थिए ।

शुक्रबार दिउँसो स्थानीय र सडक डिभिजन कार्यालयबीच भएको वार्ता असफल भएको थियो । स्थानीयले सडक निर्माण कार्य तत्काल सुरु नगरे सडक संचालन हुन नदिने बताएपछि शुक्रबार स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबीच भएकको वार्ता असफल भएको थियो ।

वार्ता असफल भएपछि सडक डिभिजन कार्यालय चरिकोटले ४८ करोड ४९ लाख लागत बराबरको टेन्डर निकालेको छ । टेन्डरका लागि ३५ दिन अवधि लाग्ने र त्यसपछि मात्रै काम हुने सडक डिभिजन कार्यालय चरिकोट बताएको छ ।

राजमार्ग निर्माणइको पहिरो नियन्त्रण र बस्ती सरंक्षणका लागि सडक डिभिजन कार्यालय चरिकोटले टेन्डर आह्वानको सूचना प्रकाशित गरेपछि शनिबार स्थानीय पालिका र स्थानीयवासी र विभिन्न ट्रान्सपोर्टका प्रतिनिधिसँगको छलफल पछि स्थानीय आफैंले राजमार्ग खुलाएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगत राईले जानकारी दिए ।

तरस्थानीयले अबको ६० दिनमा सडक निर्माण कार्य सुरू नगरे पुन: इको पहिरोबाट सडक अवरुद्ध गर्ने निर्णय नै गरेका छन् ।

सडक सञ्चालनमा आँएसगै सीमा क्षेत्रमा रोकिएका कन्टेनर र इभी गाडीहरू भन्सार यार्ड जान थालेका छन् । सडक बन्द हुँदा फलफूललगायत कुहिएको व्यावसायिहरुले बताएका छन् ।

स्थानीयले गत आसोज २० गते ‘वार्षिक २०औ अरब राजश्व संकलन हुने नाकालाई वेवास्ता किन दशकौसम्म पहिरो नियन्त्रण किन गरिएन हाम्रो बाँच्न पाउने अधिकार खै सरकार कहाँ छ अब हामी मौखिक प्रतिबद्धता र कागजी प्रक्रिया मान्दैनौंतत्काल समाधानको कार्य सुरू गरियोस’ भन्ने माग राखेर राजमार्ग बन्द गराएका थिए ।

स्थानीयले पहिरोका कारण माथिल्लो भेगमा रहेको बस्ती जोखिममा रहेको र कुनै पनि बेला ठूलो विपद् निम्तिन सक्ने खतरा बढेकोले दिगो रुपमा सडक निर्माणको माग गरेको उनीहरूको भनाइ छ ।

गुम्बाडाँडामिलन बजारलालबिर चोकचौकीडाँडागुम्बाडाँडाकोदारी गुम्बाकुदुङताक्पासातार्तुङक्युसाछेर्माङडमारतामाङ गुम्बा गाउँ पहिरोको उच्च जोखिममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?