+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

अरनिको राजमार्ग १० घण्टापछि खुल्यो, अरनिको बस बाहेकका सवारी सञ्चालनमा

पीडित पक्षसँग छलफल जारी रहेकोले सहमति नहुन्जेल अरनिको यातायात प्रालिका बसबाहेक अन्य यातायातका सवारीसाधन सञ्चालन गर्न पीडित पक्ष सहमत भएको प्रहरीले जनाएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ मंसिर ४ गते २०:३३

४ मंसिर, काभ्रेपलाञ्चोक । बसको ठक्करबाट स्थानीय एक व्यक्तिको मृत्युपछि अवरुद्ध भएको अरनिको राजमार्ग १० घण्टापछि खुलेको छ ।

बसको ठक्करबाट घाइते भएका पाँचखाल नगरपालिका-४ का तीनधारे माइला भनिने ६५ वर्षीय दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।

श्रेष्ठको मृत्युपछि उनका आफन्त र स्थानीयले क्षतिपूर्तिको माग राखेर अरनिको राजमार्ग अवरुद्ध पारेका थिए ।

बिहीबार दिनभरि अवरुद्ध भएको राजमार्ग साँझबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

साँझ अबेरसम्म राजमार्ग नखुलेपछि स्थानीय प्रशासनले सबै पक्षलाई छलफलका लागि धुलिखेल बोलाएको थियो । छलफल सुरु भएपछि सहमति नहुन्जेल अरनिको यातायात प्रालिका बस बाहेक अन्य यातायातका साधन चल्न दिन पीडित पक्ष सहमत भएका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले यातायात ब्यावसायी, पीडित परिवार र स्थानीय बीचमा जिल्ला प्रहरी कार्यालय धुलिखेलमा छलफल भइरहेको जानकारी दिए ।

ओभर स्पिडमा रहेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसको ठक्करले श्रेष्ठलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका  लागि धुलिखेल अस्पताल लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?