+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, विरोधमा अरनिको राजमार्ग अवरुद्ध

कपिल कोइराला कपिल कोइराला
२०८२ मंसिर ४ गते १२:३६

४ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बसको ठक्करबाट घाइते सोही ठाउँका ६५ वर्षीय तीनधारे माइला भनिने दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुई वटा बस यात्रु चढाउनका तँछाडमछाड गर्दै आईरहेको समयमा बा २ ख ६५७९ नम्बरको बस अन्यन्त्रित भई श्रेष्ठलाई ठकर दिएको थियो ।

उपचारको क्रममा श्रेष्ठको मृत्यु भएपछि स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन ।

प्रहरी चौकी पाँचखालका प्रमुख प्रशान्त तामाङले अरनिको राजमार्ग अवरुद्ध भएको जानकारी दिए । सडक अवरुद्ध भएपछि सो क्षेत्रको आवागमन प्रभावित भएको छ ।

पाँचखाल नगरप्रमुख खरेलले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र राजमार्ग खुलाउने विषयमा प्रयास भइरहेको जानकारी दिए ।

स्थानीयसँगको समन्वयमा राजमार्ग सुचारु गराउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

तस्वीर सौजन्य : राजन कार्की, पाँचखाल

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?