+
+
Shares

राजनीतिक विश्लेषक सापकोटा भन्छन्- एमाले महाधिवेशनले जेनजी विद्रोहलाई पूर्णत: बेवास्ता गर्‍यो

‘समाजले त्यति ठूलो परिवर्तन खोजेको थियो । कसरी हुने भन्ने अलग कुरा भयो । समाजले खोजेको परिवर्तनको छनक एमालेको महाधिवेशनमा देखिएन,’ सापकोटा भन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते २२:२३
Listen News
0:00
0:30
🔊

३ पुस, काठमाडौं । राजनीतिक विश्लेषक विष्णु सापकोटाले नेकपा एमालेको महाधिवेशनले भदौ २३ र २४ को जेनजी व्रिदोहलाई पूर्णत: बेवास्ता गरेको टिप्पणी गरेका छन् ।

एमालेको ११ औं महाधिवेशनबाट केपी ओली अध्यक्ष तेस्रोपटक चुनिएका छन् । एमालेको महाधिवेशन र नयाँ नेतृत्वबारे प्रतिक्रिया दिँदै विश्लेषक सापकोटाले भने, ‘यो देशमा भदौ २३ २४ भएको व्रिदोहलाई यो महाधिवेशनले ‘नोट’ गरेन । एमालेका महाधिवेशन प्र्रतिनिधिले नोट नगर्नु मुख्या राजनीतिक सन्देश हो ।’

नयाँ नेतृत्व चयनले ‘जेनजी विद्रोह’ पछि फेरि पनि चुनिएर आएको भन्ने बाहेक यो महाधिवेशनको अर्थ नभएको टिप्पणी गरेका छन् ।

२०७८ सालमा भएको १० औं महाधिवेशन भन्दा थोरै सकरात्मक पक्ष अर्को प्यानलबाट पनि प्रतिस्पर्धा गर्नसक्ने अवस्था बाहेक अन्य अन्तर नरहेको सापकोटाले बताए । सापकोटाले भने, ‘यो हामी सच्चिनेवाला छैनौं ।  हामी गलत नै छैनौं । र, हामी सच्चिने वाला छैनौं भन्ने देखियो । महाधिवेशन प्रतिनिधिे स्वतन्त्र चेत भएको देखिएन ।’

समाजले दलहरु ठूलो परिवर्तन खोजेपनि त्यसलाई आत्मसाथ एमालेको महाधिवेशनले गर्न नसकेको सापकोटाको विश्लेष्ण छ । ‘समाजले त्यति ठुलो परिवर्तन खोजेको थियो । कसरी हुने भन्ने अलग कुरा भयो । समाजले खोजेको परिवर्तनको छनक एमालेको महाधिवेशनमा देखिएन,’ सापकोटा भन्छन्, ‘यो निराशाजनक कुरा हो । जेनजी विद्रोहले उठाएको सुशासनको एजेण्डा नयाँ नेतृत्वले आत्मसाथ गर्ने देखिँदैन ।’

अघिल्लो महाधिवेशनसँग तुलनात्मक सुधार प्रतिस्पर्धी अर्को प्यानलबाट पनि हुँदा आन्तरिक लोकतन्त्र थोरै भएपनि देखिएको सापकोटा बताउँछन् । अध्यक्षमा पराजित ईश्वर पोखरेलले प्राप्त गरेको मत उकुसमुकुसको मत प्रस्फुटन भएको सापकोटा विश्लेषण गर्छन् ।

दलमा रुपान्तरणका लागि नयाँ र सक्षम अनुहार देखिनुपर्नेमा महाधिवेशनले पुरानै अनुहार अनुमोदन गरेको सापकोटाले बताए ।

एमालेबाट आएको नयाँ नेतृत्वले पुराना राजनीतिक दलमा परिवर्तन नभएपनि हुने सन्देश दिएको समेत दिएको सापकोटा बताउँछन् । सापकोटा भन्छन्, ‘पुराना दलहरु नसुध्रिए पनि हुने बल एमाले महाधिवेशनले दियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?