+
+
Shares

दिगो पर्यटन प्रबर्द्धनका लागि काठमाडौंमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १७:३०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा दिगो पर्यटन प्रबर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी दुई दिने तालिम सुरु भएको छ।
  • नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त पहलमा दिगो पर्यटन परियोजनाले तालिम आयोजना गरेको छ।
  • तालिममा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापन टोली सदस्य र सेफहरूलाई खाद्य सुरक्षा मापदण्ड र पर्यटकमैत्री सेवा गुणस्तरमा प्रशिक्षण दिइने छ।

३ पुस, काठमाडौं । दिगो पर्यटन प्रबर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम काठमाडौंमा सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)द्वारा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) सँगको सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो ।

दिगो पर्यटन विकासका लागि खाद्य सुरक्षा र स्वच्छता अत्यन्तै आधारभूत र संवेदनशील पक्ष हो । यस विषयलाई नै केन्द्रमा राख्दै एसटीपीले पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका होटल, रेस्टुरेन्टलाई खानपान सेवाको गुणस्तर वृद्धि गर्न पर्यटकको स्वास्थ्य, सन्तुष्टि र गन्तव्यप्रतिको विश्वास बढाउन तालिम सुरु गरिएको परियोजना प्रबन्धक धर्मराज दवाडीले बताए ।

उनका अनुसार सुरक्षित र स्वच्छ खानपान सुनिश्चित गर्न सकिएन भने त्यसले पर्यटकको स्वास्थ्यमा जोखिम मात्रै होइन, देशको पर्यटन छवि र विश्वसनीयतामाथि पनि गम्भीर असर पार्न सक्छ ।

‘खाद्यजन्य रोग, अस्वच्छ भान्सा, गलत भण्डारण तथा तयारी प्रक्रियाले पर्यटन क्षेत्रमा दीर्घकालीन नोक्सानी पार्न सक्छन्’ उनले भने ‘त्यसैले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न र उनीहरूको बसाइ अवधि लम्ब्याउन खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नु अपरिहार्य छ ।’

स्वच्छता र सुरक्षाका मापदण्ड पालना गर्ने गन्तव्यलाई पर्यटकहरूले सुरक्षित, जिम्मेवार र गुणस्तरीय गन्तव्यका रूपमा लिन्छन्, जसले पुनः भ्रमण र सकारात्मक प्रचारमा समेत योगदान पुर्‍याउँछ ।

खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम र सचेतना कार्यक्रमहरू केवल प्राविधिक अभ्यास मात्र नभई नेपालको पर्यटनलाई दीर्घकालीन, विश्वासिलो र प्रतिस्पर्धी बनाउने रणनीतिक लगानीका रूपमा लिनुपर्ने परियोजना प्रबन्धक दवाडीले उल्लेख गरे ।

यस्ता पहलले नेपाललाई सुरक्षित, जिम्मेवार र दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । दुई दिने यो तालिम डिसेम्बर १८ देखि सुरु भएको हो । तालिममा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापन टोलीका सदस्य तथा सेफहरूको सहभागिता रहेको छ । तालिममा खाद्य सुरक्षा मापदण्ड, स्वच्छता अभ्यास, सुरक्षित खाना तयारी तथा पर्यटकमैत्री सेवा गुणस्तरका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?