+
+
Shares

निर्वाचन भए छोडेर जाने कुरा आउँदैन : जसपा नेपाल

जसपा नेपालका कार्यकारिणी सदस्य प्रकाश अधिकारी भन्छन्, ‘निर्वाचन भयो भने छोडेर जाने कुरा आउँदैन्, निर्वाचनमा जान्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १३:४२

४ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन भए छोडेर नजाने बताएको छ । जसपा नेपालका कार्यकारिणी सदस्य प्रकाश अधिकारी भन्छन्, ‘निर्वाचन भयो भने छोडेर जाने कुरा आउँदैन्, निर्वाचनमा जान्छौं ।’

तथापि, यो विषय अदालतमा पुगेको अदालतले के भन्छ त्यसले समेत अर्थ राख्ने उनले बताए ।

सर्वोच्च अदालतमा रहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दालाई बलियो बनाउन भनेर नेपाली कांग्रेस र नेकपा एमालेले विघटित प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षर संकलन सुरु गरेको छ ।

साना दललाई समेत प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा उभिन आग्रह गर्दै उनीहरूले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन गरेर अदालत जान सकिने प्रस्ताव राखेका छन् ।

कांग्रेस र एमालेले भने हस्ताक्षर संकलन मात्रै गरेका छैनन् । यसअघि नै उनीहरू रिट लिएर अदालत गइसकेका छन् ।

एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बराल अदालत गएका छन् भने कांग्रेसका श्यामकुमार घिमिरेसहित विघटित प्रतिनिधिसभाका सदस्यहरु अदालत गएका छन् ।

जसपा नेपालका कार्यकारिणी सदस्य अधिकारी प्रतिनिधिसभा पुनर्स्थापनाको माग नै राखेर अदालत जानेबारे भने पार्टी कुनै निर्णयमा नरहेको बताउँछन् ।

अधिकारीले अनलाइनखबरसँग भने, ‘पुनर्स्थापना मागेर अदालत जाने विषयमा हामी कुनै निर्णयमा पुगेका छैनौं । तथापि, अदालतले जे निर्णय गर्छ त्यसको भने सम्मान गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?