News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट २३ वर्षीय समन श्रेष्ठलाई नक्कली शाखा अधिकृतको परिचयपत्रसहित पक्राउ गरेको छ।
- समन श्रेष्ठले लोक सेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्त भएको नक्कली कागजात तयार गरी कर्मचारी पोशाक लगाएको प्रहरीले बताएको छ।
- उनीले सिंहदरबार लगायत सरकारी निकायमा आफूलाई अधिकृत भन्दै झुक्याउने र केहीलाई जागिर लगाइदिन्छु भनी ठगी गर्ने गरेको खुलेको छ।
८पुस, काठमाडौं । आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको थसीखेल घर भएका २३ वर्षीय समन श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट पक्राउ गरेको हो ।
लोक सेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्त पत्र प्राप्त गरेको भन्दै नक्कली कागजात तयार गरी कर्मचारी पोशाक लगाउने र त्यसको आडमा आफ्नो प्रभुत्व जमाउने खोजेको प्रहरीले बताएको छ ।
सिंहदरबार लगायतका अन्य सरकारी निकायमा गएर उनले आफूले अधिकृत भन्दै बताउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । सरकारी कर्मचारीको परिचय दिँदै सर्वसाधारणलाई प्रभावमा समेत उनले पार्ने गरेको प्रहरीले बताएको छ ।
केही व्यक्तिलाई भने जागिर लगाइदिन्छु भन्दै झुक्याउने गरेको खुलेको छ । उनीबाट बागमती प्रदेश लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृतको पदमा नियुक्त भएको नियुक्त पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्त भएको पत्र, शिक्षा मन्त्रालयकै परिचय पत्र, अर्थ मन्त्रालयबाट जारी हुने तलब भुक्तान सम्बन्धीको पत्र समेत बरामद भएको छ ।
प्रतिक्रिया 4