फाइल तस्वीर
९ पुस, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौं क्षेत्र नम्बर ८ र ९ बाट पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीको नाम सिफारिस गरेको छ ।
काठमाडौं जिल्ला समितिका अनुसार काठमाडौं क्षेत्र नम्बर ८ र ९ बाट सायमीलाई २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरिएको हो ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर-७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रविन्द्रकुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ ।
दुवै नेताहरू संगठन विस्तार र जनआन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व भएको सो पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4