News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले देश जलाउने लुसिफरहरूबाट कुनै खतरा नरहेको टिप्पणी गरेका छन्।
- उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै दुष्टका धृष्टताबाट नभई सज्जनको निषेधबाट समाजमा खतरा हुने बताए ।
- नेता विश्वकर्माले २३ र २४ भदौको घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गरे ।
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले देश जलाउने लुसिफरहरूबाट कुनै खतरा नरहेको टिप्पणी गरेका छन् ।
मदन–आश्रित प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै नेता विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
दुष्टका धृष्टताबाट नभई सज्जनको निषेधबाट समाजमा खतरामा हुने भनेका उनले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरूसँग खासै डर नरहेको जिकिर गरे ।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा नेपालको लोकतान्त्रीकरणका लागि संघर्ष गरेका अनेकौं धरोहरहरू जलाउनेहरूले देश बनाउन नसक्ने उनको भनाइ छ ।
उनले पटक पटकका क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धि समूल नष्ट गर्न कुनै कुनाबाट अभियान चालिएको हुन सक्ने भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेता–कार्यकर्ता समेत त्यस्तो अभियानको हिस्सा बनिरहेका त छैनन् ? भन्दै आशंका व्यक्त गरे ।
नेता विश्वकर्माले २३ र २४ भदौको घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गरे ।
प्रतिक्रिया 4