+
+

तीन दिनमा किरिया सक्दा अछुतको व्यबहार

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १२ गते ११:५५

१२ भदौ, सिरहा । सिरहामा एक यादव परिवारले तेह्र दिने काजकिरियाको परम्परा तोड्दै तीनै दिनमा सक्दा सिरहका एक यादव परिवारले अाफ्नै समुदायबाट  अछुतको व्यबहार खेप्नुपरेको छ ।

सिरहाको दक्षिणवर्ती विद्यानगर-२ का रामचन्द्र यादबले हुजुरआमा काजकिरिया तीन दिनमै सकेर बचत भएको पैसाले गाउँमै श्री प्राथमिक विद्यालय स्थापना गरेका हुन् । तीन दिनमै किरिया सकेर विद्यालय स्थापना गरी उदाहरण प्रस्तुत गरेका यावलाई उनकै जातिका स्थानीयले १३ दिन किरिया नबसेको भन्दै भेदभाव गरिरहेका छन् ।

‘भोजभतेर नगरेर मैले फजुल खर्च जोगाई विद्यालय स्थापना गरेको थिएँ, कुसंस्कार हटाउँदै समाजमा शिक्षाको दियो बाल्न खोज्दा मेरै जातिले अछुतको जस्तो व्ययबहार गरे’, रामचन्द्रले भने, ‘ आफ्नै जातिले यादब होइन भन्दै अछोप भनी अबहेलना गरेपछि दुख लागेको छ ।’

रामचन्द्रले स्थापना गरेको श्री प्राथमिक विद्यालयमा सरकारले दरबन्दी दिएको छैन । स्वयम् सेवक शिक्षिका बनेर रामचन्द्रकै पत्नी अमिरकला कुमारी यादबले पढाउँदै आएकी छन् । सो विद्यालयमा अधिकांश यादव समुदायका विद्यार्थी अध्ययनरत छन् ।

हजुरआमाको निधन हुँदा दुःख लागेको बताउँदै यादवले भोज खान परेकाहरुले विकासको काम गर्दा पनि विरोध गर्नु पछौटेपन सोचाईको उपज रहेको बताए । ‘हाम्रो समुदायमा भोज गर्नकै लागि खेतजग्गा विक्री गर्नुपर्ने बाध्यता छ’, रामचन्द्रले भने, ‘समाजमा रहेका कुरीति र अन्धविश्वासलाई हटाउन खोज्दै समाजकै अगुवाहरु विरोधमा उत्रे ।’

भोजभतेर गरेर भन्दा गाउँमा कल्याणकोष खडा गरी सामाजिक काममा प्रयोग गर्नुपर्ने यादवको भनाइ छ । ‘जसको घरमा मान्छे मर्छ उसलाई दुःख कष्ट थपिएको हुन्छ, तर माईजनीहरुको कारण भोज गर्न खेत समेत बेच्न लाउने परम्परा खराब छ’, जनता माध्यमिक विद्यालय खोक्सीका शिक्षक दुखहरण यादबले भने, ‘मरेका मान्छेका नाममा भोजभतेर गर्न सम्पत्ति सक्नुपर्ने खराब परम्परा यादवहरुले अन्त्य गर्न जरुरी छ ।’

मान्छे मर्दा भोतभतेर गर्नेलाई कारबाही गर्ने खालको कानुन बनाउन जरुरी भएको बताउँदै शिक्षक यादवले यो चलनले गरिब झन गरिब बन्दै गरेको बताए । सिरहाका सीमावर्ती गाविसहरुमा मान्छे मरे भोजभतेर गर्न भारतीय बजारबाट लाखौं रुपैयाँको समान ल्याउनु पर्ने बाध्यता छ ।

यो कुसंस्कार बन्द गरेपछि नेपालीको आम्दानी भारतीय बजारमा खर्च हुनबाट रोकिने स्थानीयको भनाइ छ
रोयाण्टर मण्डलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?