१७ पुस, काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार, उनीमाथि लगाइएको स्थानहद खोल्नेगरी तयारी अघि बढाइएको हो ।
आयोगले लेखकसँग दुई पटक गरेर छुट्टाछुट्टै बयान लिएको थियो । हिजो (बुधबार) साँझ साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो ।
त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरबारमा लेखकसँग बयान गरेको थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि लेखकको बयान सकिएको जानकारी दिए ।
बयानका काम सकिएसँगै लेखकको स्थानहद फुकाउने तयारीमा आयोग रहेको स्रोतले जानकारी दिएको छ ।
यसअघि सो घटनासँग सम्बन्धित नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव लगायतको स्थान हद फुकुवा गरिएको थियो ।
प्रतिक्रिया 4