+
+
Shares

गोरखामा आगलागी हुँदा एकजना घाइते    

आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका छन् ।

रासस रासस
२०८२ पुष १८ गते १८:२८

१८ पुस, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए ।

आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए ।

‘घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ । आजै बोकेर सिर्दिबास लैजाने तयारी छ,’ उनले भने ।

छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल हिँड्नुपर्छ । आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ताकपडा, अन्नपात, काठदाउरा, जस्तापातालगायत सामग्री पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए । चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?