+
+
Shares

वैदेशिक रोजगारमा रहेकालाई होटल फरेस्ट इनको आईपीओ माघ ४ देखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होटल फरेस्ट इनले माघ ४ गतेदेखि आईपीओ खुलाउने तयारी गरेको छ र वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा ४ लाख कित्ता सेयर छुट्याउनेछ।
  • कम्पनीले २ अर्ब रुपैयाँ जारी पूँजीमध्ये २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ र न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
  • आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ९०.६५ रुपैयाँ र प्रतिसेयर आम्दानी १६.८६ रुपैयाँ ऋणात्मक रहेको छ।

२४ पुस, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई होटल फरेस्ट इनको आईपीओ माघ ४ गतेदेखि खुल्ने भएको छ । छिटोमा माघ ८ गतेसम्म आईपीओ खुल्नेछ ।

कम्पनीले जारी पूँजी २ अर्बको २० प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ । जसको १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई खुलाउन लागिएको हो । इन्फोमेरिक्स क्रेडिट रेटिङबाट कम्पनीले बी माइनस रेटिङ पाएको छ ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । होटल आयोजना सम्पन्न गर्दा ३ अर्ब ४८ करोड रुपैयाँ लागत लागेको सार्वजनिक आह्वानपत्रमा जनाइएको छ ।

बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९०.६५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी १६.८६ रुपैयाँ ऋणात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?