+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women
125/2 (16.5)
Shares

वैदेशिक रोजगारमा रहेकालाई होटल फरेस्ट इनको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होटल फरेस्ट इनले ४० करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ।
  • आईपीओमा १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ।
  • आवेदन माघ ८ गतेदेखि १८ गतेसम्म मेरोसेयरमार्फत दिन सकिनेछ।

४ माघ, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई होटल फरेस्ट इनको आईपीओ आइतबारदेखि खुलेको छ ।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको आईपीओ सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्येको १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ ।

आईपीओमा न्यूनतम १० तथा अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

छिटोमा माघ ८ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आर्थिक वर्ष २०८१र८२ को वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९०।६५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी १६।८६ रुपैयाँ ऋणात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?